नमुना गाउँपालिका बनाउने अभियानमा छु

नमुना गाउँपालिका बनाउने अभियानमा छु

सुगम जिल्लाको दुर्गम गाउँपालिकाका रूपमा चिनिँदै आएको काभ्रेको रोशी गाँउपालिकाका अध्यक्ष दलबहादुर लामा समृद्ध रोशी बनाउने अभियान लिएर १४ महिनाअघि जनताको घरदैलोमा पुगेका थिए। समृद्ध रोशी बनाउने अभिभारासहित अध्यक्षमा चुनिएका लामाले १४ महिनाको अवधिमा गरेको प्रगतिबारे अन्नपूर्णकर्मी श्रीराम केसीले गरेको संक्षिप्त कुराकानी।

निर्वाचित भएको एक वर्ष भयो, तपार्इंले चुनावमा भोट माग्न जाँदा जनतासामु के–कस्ता प्रतिबद्धता गर्नुभएको थियो ?

भौगोलिक बिकटता र आधारभूत पूर्वाधारसमेत पुग्न नसकेको रोशी गाउँपालिकामा मैले विकासको जग हालिसकेको छु। धेरै चुनौती र समस्याका बाबजुत पनि नयाँ भौतिक संरचना, ऐननियमको निर्माणसँगै स्रोतको उचित व्यवस्था मिलाउँदै गएको छु। मैले निर्वाचनअघि बोलेका कुरा र प्रतिबद्धता मात्र मेरो जिम्मेवारी नठानेर आवश्यकताअनुरूप गाउँपालिका समृद्ध बनाउने जिम्मेवारी लिएको छु। जसमा आर्थिक वर्ष २०७४÷०७५ मा २८ करोड ९४ लाख रुपैयाँको बजेट ल्याएका छौं। सीमित स्रोतसाधनमा धेरै विकास गर्नुपर्ने भएकाले गाउँपालिकामा सडक निर्माण कार्य भइरहेको छ। अन्य वडा र बस्तीस्तरका सडक, सिँचाइसम्बन्धी पूर्वाधार विकासका कार्यहरू तीव्र गतिमा भइरहेको छ। अन्य सामाजिक विकास, आर्थिक विकास योजनाको कार्यान्वयन प्रक्रिया अगाडि बढिरहेको छ। गाउँपालिकालाई अत्यावश्यक ऐन, नियम तथा कार्याविधि निर्माण गरी सञ्चालन गर्ने काम भइरहेको छ। विद्युतीय पाश्र्वचित्र तयार गरी अल्पकालीन र दीर्धकालीन रणनीतिक योजना निर्माणको तयारीमा छौं। जनताको अपेच्छा अनुरूप काम भइरहेको छ। निर्वाचनमा जनतासामु जाँदा पार्टीको घोषणापत्र र आवश्यकताअनुसार विकास गरी पाँच वर्षमा समृद्ध रोशी निर्माण गर्छौं भनेर बाचा गरेको थिएँ। सोही बाचाअनुसार घोषणापत्रमा उल्लेख भएका नीति तथा कार्यक्रममा नै टेकेर हामीले आर्थिक वर्ष २०७४÷२०७५ को नीति तथा कार्यक्रम पास ग¥यौं। कार्यक्रममा पूर्वाधार निर्माण र योजना निर्माणमा जोड दिएका छौं। यो वर्ष हामी समृद्ध रोशीको जग हाल्ने काममा केन्द्रित छौं।

निर्वाचनअघि जनतासामु गरेका प्रतिबद्धता कति पूरा गर्नुभयो ?

संघीयताको मर्म र भावना भनेको नै जनताको सेवामा समर्पित हुनु हो। सेवा प्रवाहलाई चुस्त तथा दुरुस्त बनाउन इन्टरनेटको प्रयोगमार्फत गाउँपालिकालाई सूचनाप्रविधिमैत्री बनाउँदै छौं। त्यसका लागि हामीले वेबसाइट, मोबाइल एप्लिकेसन सुरु ग¥यौं। सार्वजनिक सञ्चार माध्यम, सामुदायिक रेडियो र पत्रपत्रिकामार्फत गाउँपालिकाबाट भएका निर्णय तथा महŒवपूर्ण सूचनालाई जनतासामु प्रवाह गर्ने काम सुरु गरेका छौं। सबैभन्दा ठूलो कुरा पारदर्शीता हो त्यसैले जनताको कुनै गुनासो तथा सुझाव लिने प्रणालीको विकास गर्दै छौं।

शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, घरेलु उद्योग, पर्यटन, पूर्वाधार विकासलाई कसरी सम्बोधन गर्नुभएको छ ?


निर्वाचनअघि बोलेका कुरा र प्रतिबद्धता मात्र मेरो जिम्मेवारी नठानेर आवश्यकताअनुरूप गाउँपालिका समृद्ध बनाउने अभिभारा लिएको छु।

आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रममा पूर्वाधारलाई पहिलो प्राथमिकता राखेका छौं। शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरेका छौं। आर्थिक विकासका लागि कृषि तथा पर्यटनमा दीर्घकालीन महŒवका योजनाहरू कार्यान्वयनका चरणमा छन्। हामीले महाभारत जंगल क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा रोशी खोला र सुनकोशी नदीलाई जलाधार क्षेत्रको रूपमा विकास गर्दै लैजाने लक्ष्य छ। सामाजिक सुरक्षाको क्षेत्रमा ज्येष्ठ नागरिक, अपांगता भएको व्यक्ति तथा दलित समुदायको विकास तथा क्षमता अभिवृद्धि गर्दै साना तथा घरेलु उद्योग खोल्ने कार्यक्रमहरू कार्यान्वयन भइरहेको छ। रोशी गाउँपालिकाको योजना तथा कार्यक्रम अत्यन्तै प्रभावकारी तथा सन्तुलित बनाउने काम गरेका छौं।

खस्कँदो सरकारी शिक्षा, स्वास्थ्य सेवा व्यवस्थित र प्रभावकारी बनाउने योजना के छ ?

गाउँपालिकाभित्र रहेका सरकारी र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले हालैमात्र शिक्षा ऐन तथा नियमावली पारित गरेको छ। सबैमा शिक्षाको पहुँच विस्तार गर्दै गाउँपालिकाभित्र विद्यालयको चौतर्फी विकासका काम अगाडि बढाएका छौं। सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि आकर्षण गर्ने विभिन्न कार्यक्रम समेत लागू गरेका छौं। गुणस्तरीय स्वास्थ्य सेवा प्रधान गर्न नयाँ स्वास्थ्य संस्था खोल्ने र भएकालाई व्यवस्थित बनाउँदै दक्ष जनशक्ति र पर्याप्त स्रोतका लागि विभिन्न सरोकार निकाय र केन्द्रीय सरकारसँग माग गरेको छु।

कृषिका लागि पकेट क्षेत्र घोषण गर्ने के कस्ता योजना बनाउनुभएको छ ?

गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा विभिन्न गाउँ तथा बस्तीलाई उत्पादनको आधारमा विभिन्न कृषि उत्पादन पकेट क्षेत्र निर्माण गरेर व्यावसायिक गर्ने कुरामा जोड दिएका छौं। त्यसका लागि कार्यक्रम बनाई कामसमेत अगाडि बढाईसकेका छौं। पशुपालनमा संलग्न कृषकलाई विभिन्न सीपमूलक तालिम सञ्चालन गरेको र नेपाल सरकारको पशुबिमा कार्यक्रमलाई सहजीकरण गरिराखेको छ। गाउँक्षेत्रमा उत्पादित कृषि तथा पशुजन्य उत्पादनको बजारीकरण गर्न प्रत्येक वडामा कृषि उत्पादन संकलन केन्द्र निर्माण गरिएको छ। हाट बजार व्यवस्थापनका लागि उपयुक्त स्थान खोजी भइरहेको छ।

समृद्ध र नमुना गाउँपालिका बनाउने स्रोत कहाँबाट जुटाउनुहुन्छ ?

स्थानीय सरकार सञ्चालन ऐन आइसकेको छ। यसको एउटै विकल्प कर हो। रोशी गाउँपालिकामा आन्तरिक आम्दानीको मुख्य स्रोत ढुंगा, गिटी तथा बालुवाजस्ता खानिजन्य पदार्थको निकासी नै हो। तर हामीले सुरुदेखि अव्यवस्थित रूपमा चल्दै आएका उद्योगलाई व्यवस्थापन गर्दै वातावरणमैत्री बनाउँदै करको दायरामा ल्याउने कार्य अगाडि बढाइसकेका छौं। त्यसका साथै हामीले व्यावसायिक कृषि, साना तथा घरेलु उद्योग र विभिन्न कच्चा पदार्थको उत्पादन र पर्यटन विकासबाट आम्दानी गर्ने हाम्रो प्रमुख लक्ष छ। साथै गाउँपालिकाभित्र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न समेत छुट्टै नीति तथा कार्यविधि ल्याउन लागेका छौं। व्यावसायिक कृषि, पर्यटन प्रवद्र्धन र कलकारखाना स्थापना गर्दै त्यसबाट गाउँपालिकाले आम्दानी गर्नेछ।

एक वर्षको अवधिमा जनताले महसुस गर्ने गरी केही काम भएका छन् ?

मेरो प्राथमिकता पहिलो सुशासन र दोस्रोमा विकास हो। सोही अनुरूप स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेर आवश्यक ऐन, नियम कार्यविधि र नियमावली निर्माण सम्पन्न गरेका छौं। त्यसकै आधारमा शिक्षा, स्वास्थ्य क्षेत्रको गुणस्तर विकाससँगै बीपी राजमार्गमा पर्ने घरजग्गाको मापदण्ड तोक्ने र व्यवस्थापन गर्ने भूकम्पबाट क्षति पुयाएका सडक, खानेपानी, विद्यालय, सामुदायिक संघसंस्थाका भवनको आवास पुनर्निर्माण, मर्मत गर्ने काम भइरहेको छ। विषेशत रोशी गाउँपालिकाको पाँच वर्षे योजना तथा रणनीतिसमेत तयार गरेका छौं। जसले तत्कालभन्दा दीर्घकालीन र दीगो विकासमा सहयोग गर्छ। साथै गाउँपालिकामा अनुत्पादक क्षेत्रमा छरिएर रहेको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न स्थानीयलाई अभिप्रेरित गर्ने काम गरेका छौैं जसबाट जनताले प्रत्यक्ष महसुस गरेका छन्।

गाउँपालिकाले भोग्नुपरेका तत्कालका चुनौती के के छन् ?

पक्कै पनि जनताको अपेक्षा र माग हाम्रो क्षमताभन्दा बढी छ। नीति, नियम र विकास एकैपटक गर्नुपर्ने बाध्यताले काम गर्न असहज भएको छ। जनतालाई आफ्नो अनुकूल र तत्काल काम नहुँदा केही असहज र विरोधका आवाज त आइहाल्छ। तर दिगो विकास र त्यसको व्यवस्थापन गर्न केही समय लाग्ने देखिएकाले जनस्तरमा बुझाउन अलि कठिन हुने गरेको छ। साथै आवश्यकताअनुसार दक्ष कर्मचारी, प्राविधिक कम हुनु केन्द्रीय सरकारले चासो नदिनु प्रमुख समस्या बनेको छ। बजेट कम छ आयस्रोत सीमित छ। त्यसबाट कर्मचारीको तलबदेखि सम्पूर्ण विकास निर्माणका काम गर्नुपर्ने बाध्यता छ। गाउँपालिकाको सबै वडा कार्यालय स्थापना गर्न, कर्मचारी व्यवस्थापन, नयाँ कर्मचारी राख्न केन्द्रको हस्तक्षेपले काम गर्न असहज भएको महसुस गरेको छु। सबै वडामा वडासचिव र आवश्यक कर्मचारी नहुँदा दैनिक सेवा लिन आउने स्थानीयहरु समस्यामा पर्ने गरेका छन्। विकास निर्माणका लागि भूगोल प्रमुख समस्या छ। पुरानो संरचनामा नया नीति नियम लागू गर्न र काम गर्न कठिन हुने गरेको छ।

स्थानीयले अपेच्छा गरेअनुरूपका काम भएका छन् त ?

जनताको अपेक्षा भौतिक पूर्वाधार निर्माणमा छ। पूर्वाधारका काम गर्न सबैभन्दा पहिला गाउँको समग्र विकासको अवधारणासहित योजना आवश्यक हुन्छ। पूर्वाधारका काम अगाडि बढाउन आर्थिक अभाव सदा झै यस वर्ष पनि देखिएको छ। आर्थिक वर्ष २०७४÷०७५ मा विनियोजित बजेटलाई नै हेर्ने हो भने पनि थोरै मात्र बजेट पूर्वाधारमा खर्च गर्न पाउने सिलिङ छ। ७५ प्रतिशत तलब भत्ता र प्रशासनिक क्षेत्रमा खर्च हुन्छ। समग्रमा विकास विकास बजेट कम छ। यस्ता विभिन्न परिस्थितिका कारण जनताको अपेक्षाअनुसार काम गर्न निकै कठिन छ। तर समग्रमा हामीले जनतालाई चित्त बुझ्ने गरी काम गरेका छौं।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.