विधेयक कुनै पनि हालतमा फिर्ता हुँदैन : मन्त्री पोखरेल

विधेयक कुनै पनि हालतमा फिर्ता हुँदैन : मन्त्री पोखरेल

काठमाडौं : शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन्। शिक्षा मन्त्रालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री पोखरेलले विधेयकका केही बुँदा संशोधन गर्न सकिए पनि फिर्ता लिन नसकिने बताए । ‘विधेयकमा चित्त नबुझेका कुरा संशोधन गर्न सकिन्छ’ उनले भने।

मन्त्री पोखरेलले सरकार सबै नागरिकको अभिभावक नाताले डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन पठाएको जानकारी दिए । ‘नागरिक मर्न दिनुहुन्न, हामी केसी बचाउन चाहन्छौं’ उनले भने । काठमाडौं ल्याएर उपचारपश्चात मात्रै वार्ता गर्न सकिने उनले बताए ।  

‘एकतर्फीरुपमा अनसन बसेर माग गर्छुै भन्ने हठ त्याग्नुपर्छ’ उनले भने । केसीजस्तो विश्वको प्रजातन्त्र बुझेको मान्छेले अनसन गरेर माग पूरा गर्छु भन्नु गलत भएको उनले बताए।

माथेमा कार्यदलले दिएका सबै कुरा कानुनमा आउन नसक्ने उनले प्रष्ट पारे । ‘कार्यदलले दिएको प्रतिवेदनका सबै कुरा कानुन बन्दैन’ उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.