मुक्तकमैया पुनःस्थापनामा कञ्जुस्याइँ

मुक्तकमैया पुनःस्थापनामा कञ्जुस्याइँ

धनगढी : सरकारले मुक्तकमैयालाई न्यायोचित पुनःस्थापनामा कन्जुस्याँई गरेको उनीहरूले आरोप लगाएका छन । कमैयाको पुर्नस्थापनामा सरकार गम्भीर नभएको मुक्त कमैया महिला विकास कैलालीका अध्यक्ष कौशल्या चौधरीले बताइन् । ‘एक ठाउँमा अस्थायी रूपमा राखेर गाँस, बास र कपासको व्यवस्था हुन्छ ? ’ उनले भनिन । ‘फेरि त्यस ठाउँबाट उठाएर अर्को ठाउँमा राख्ने गरेको छ, यसले सास्ती मात्रै हुने गरेको छ ।’

बुधबार मुक्त घोषणाको १८ औं वर्षगाँठ मनाइरहँदा अझै पनि तराईका जिल्लामा हजारौं मुक्तकमैया पुनःस्थापनाको पर्खाइमा रहेको उनले बताईन । सरकारको दृढ इच्छा शक्ति नहुँदा कमैया पुर्नस्थापनमा ढिलासुस्ती भएको मुक्तकमैया अभियन्ता यज्ञ चौधरीले बताए । पटक पटक बन्ने आयोगले गर्दा मुक्तकमैया पुनःस्थापनाको कार्य लम्बिँदै गएको उनको भनाई छ ।

मुक्तकमैया पुनःस्थापना समस्या समाधान आयोगको पूर्वकेन्द्रीय सदस्य दिपु चौधरीले सरकारले कमैया पुनःस्थापनाको लागि न्यायोचित पुनःस्थापनामा कन्जुस्याँई गर्दा ढिलाइ भइरहेको बताए । ‘सरकारले पुनःस्थापनाको लागि पहिले कमैयालाई जग्गा नै दिन्थ्यो । तर पछि जग्गाको सट्टामा डेढ लाख र हाल २ लाख रुपैयाँको दरले दिन्छ । २ लाख रुपैयाँले अहिलको अवस्थामा समाधान हुदैन् ।’

आर्थिक वर्ष २०७३/०७४ मा सबै मुक्त कमैयालाई पुनःस्थापना गर्न नसकेपछि सरकारले आर्थिक वर्ष २०७४÷०७५ मा एउटा पनि परिवार बाँकी नराखेर पुनःस्थापना गर्ने प्रतिवद्धता जनाएको थियो । तर, प्रतिवद्धता अनुसार पुनःस्थापनाको काम भने हुन नसकेको कमैयाहरूको गुनासो छ ।

पुनःस्थापना हुन बाँकीमध्ये केही मुक्तकमैयाले जग्गा खरिदबापत दिइने अनुदान रकम न्यायोचित नरहेको भन्दै लिन नमानेपछि पुनःस्थापनाको कार्य लम्बिँदै गएको कमैयाको क्षेत्रमा काम गर्ने संस्थाले बताएका छन् । जिल्ला भूमिसुधार कार्यालय कैलालीका अनुसार कैलालीमा अझै ४ सय ८२ मुक्तकमैया परिवार पुनःस्थापना हुन बाँकी छन ।

साझा समस्यामा एक ठाउँमा आउनु पर्दछ : मुख्य मन्त्री

प्रदेश ७ का मुख्य मन्त्री त्रिलोच भट्टले कमैया क्षेत्रमा भएका समस्याका लागि सम्पूर्ण संघ संस्थाले एक ठाउँमा आवश्यक भएको बताएका छन । मुक्त कमैया दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘मुलुकमा राजनीतिक स्थिरता भएको छ, कमैयामुक्तिका लागि कुनै एक संस्थाले भन्दा पनि सबैको भूमिका उत्तिकै छ ।’

मुख्यमन्त्री भट्टले कमैयाका लागि प्रदेश सरकार गम्भीर रहेको अवगत गराए । नीति तथा कार्यक्रममा कमैयाको लागि आवश्यक बजेटको व्यवस्था गरेको बताउँदै मुख्यमन्त्री भट्टले बजेटको सहि सदुपयोग गर्नका लागि सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए । यस भन्दा पहिले सरकार अनुसार बनेका आयोगले गर्दा कमैया पुनःस्थापना गर्नमा ढिलाई भएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.