कात्तिकमा गुड्ने भो रेल

कात्तिकमा गुड्ने भो रेल

 जनकपुरधाम : नेपालको पहिलो ब्रोडगेज रेल यसै वर्षको कार्तिक महिनादेखि सञ्चालन हुनेगरी निर्माण कार्यलाई तीव्रता दिइएको छ।

भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति परियोजनाअन्तर्गतको पहिलो चरणको काम करिब ९० प्रतिशत सम्पन्न भइसकेको र कात्तिकमा रेल गुड्ने कुरा निश्चित प्रायः रहेको प्राविधिकहरूले बताएका छन्।

पहिलो चरणमा भारतको जयनगरदेखि–कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनका लागि अधिकांश प्राविधिक कार्य सम्पन्न भइसकेको र बाँकी कामलाई पनि तीव्रता दिइएको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख विनोद ओझाले बताए। अहिले ३२ किलोमिटरमा ब्लास्ट ओछ्याउने काम सम्पन्न भइसकेको छ भने ३ किलोमिटरको काम बाँकी रहेको ओझाले बताए। त्यसैगरी स्लिपरहरूको बीचमा ब्लास्टलाई प्याकिङ गरी राख्ने कामका लागि प्याकिङ मेसिन (डेटोनेटर) भारतको जयनगर आइसकेको र लगत्तै नेपाल ल्याई त्यो काम पनि सुरु हुने ओझाले जानकारी दिए। रेल्वे ट्र्याक ओछ्याउने काम पनि ३२ किलोमिटर सम्पन्न भइसकेको र अत्याधुनिक मेसिनको प्रयोग गरी रेल्वे ट्र्याकलाई स्लिपरसँग जोड्ने काम भइरहेको छ। ३५ किलोमिटर रेल गुड्ने बाटोमा पर्ने हल्ट लगाएर आठ वटा रेल्वे स्टेसनहरूको पनि भवन निर्माण सम्पन्न भइसकेको र एक महिनाभित्रै अन्तिम फिनिसिङको काम पनि सम्पन्न हुने बताइएको छ।

रेल सञ्जाल विस्तारका लागि नेपाल र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो।

कात्तिकसम्ममा पहिलो चरणको रेल गुड्न कुनै प्रकारको अवरोध नहुने प्रमुख ओझाले बताए। ‘रेल्वेलाई भारतीय रेल्वेसँग जोड्ने काम भइरहेको छ, त्यसैगरी पहिलो चरणको रेल सञ्चालन निर्धारित समयमै हुनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौं’, ओझाले भने। पहिलो चरणमा ३५ किलोमिटर, दोस्रोमा सन् २०१९ सम्म कुर्थादेखि भंगाहासम्म र तेस्रो चरणमा बर्दिबाससम्म गरी जम्मा ६९ किलोमिटर ब्रोडगेज निर्माणको काम हाल भइरहेको छ। रेल सञ्जाल विस्तारका लागि नेपाल र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो। सुरुमा भारत सरकारले भारु ५ अर्ब ३९ करोड रकम परियोजनाका लागि छुट्याए पनि पछि सो रकम बढाएर सात अर्ब २० करोड भारु बनाइएको हो। सम्झौतामा उल्लेख भएअनुसार रेल निर्माणका लागि प्राविधिक तथा आर्थिक सहयोग भारतले गर्ने र जग्गा अधिग्रहण गरेर नेपाल सरकारले उपलब्ध गराउने उल्लेख थियो। त्यसकै आधारमा सन् २०११ माघ महिनादेखि निर्माण कार्य पनि थालिएको थियो, तर जग्गा अधिग्रहणलगायत विभिन्न समस्याका कारण २०१६ सम्ममा सम्पन्न हुनुपर्ने काम दुई वर्ष ढिला हुन पुगेको हो।

चार वर्षअघिसम्म चलेको जयनगर–जनकपुर ५२ किलोमिटर न्यारोगेज रेलको गति २० देखि २५ किलोमिटर प्रतिघण्टा रहेको थियो। तर ब्रोडगेज रेलको गति सय किलोमिटर प्रतिघण्टा हुने जनाइएको छ। यस गतिमा जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर पार गर्न मात्र आधा घण्टा समय लाग्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.