सीसीटीभी हेरेर चालकलाई कारबाही

सीसीटीभी हेरेर चालकलाई कारबाही

काठमाडौं : सहरका मुख्य चोकमा तपाईं ट्राफिकको आँखा छलेर जथाभावी सवारी रोक्दै हुनुहुन्छ ? यसो गर्दै हुनुहुन्छ भने तपाईं कारबाहीमा पर्नुहुन्छ। सीसीटीभीमार्फत सवारी नं पत्ता लगाएर ट्राफिकले कारबाही थालेको छ।

गत बिहीबार बा ५९ प ४९३ नम्बरको मोटरसाइकलले माइतीघरमा सडक लेन उल्लंघन ग¥यो। ट्राफिकले देखेन। तर, महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा लिंक गरिएको सीसीटीभीबाट उक्त मोटरसाइकल नम्बरले लेन पालना नगरेको देखिएको थियो। लगत्तै प्रहरी सेटबाट माइतीघरमा खटिएका ट्राफिकलाई उक्त मोटरसाइकल नम्बर टिपाएर कारबाही गर्न भनियो। चालक उत्तम पराजुली छक्क परे। उनलाई सीसीटीभीमा कैद भएको फुटेज देखाएर जरिवाना रसिद थमाइयो। गौशालामा मंगलबार पार्किङ नभएको ठाउँमा ट्याक्सी रोकेर चालक राजकुमार        श्रेष्ठ गफिँदै थिए। ट्राफिक अन्य सवारी व्यवस्थापनमै व्यस्त थिए। गौशालाको मुख्य चोकमा राखिएको सीसीटीभीले ट्याक्सीलाई नियालिरहेको थियो। सेटबाट निर्देशन भएलगत्तै बा २ ज ३४० नम्बरको ट्याक्सी हाँकेका  श्रेष्ठ कारबाहीमा परे। अन्य दिन पनि त्यसैगरी गलत स्थानमा ट्याक्सी रोकेर गफिने        श्रेष्ठ मंगलबार भने कारबाहीमा परेका थिए।

विशेषगरी थापाथली, बानेश्वर, त्रिपुरेश्वर, गौशाला, दरबारमार्ग, रामशाहपथ, माइतीघर, कोटेश्वरमा राखिएका सीसीटीभीमार्फत ट्राफिकले नियम मिच्ने सवारीसाधनलाई कारबाही गर्दै आएको छ। ट्राफिकले रोक्ने संकेत गर्दागर्दै जेब्राक्रसमा ल्याएर रोक्ने, लेन पालना नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने मोटरसाइकल, तीव्र गतिमा सवारी हाँक्नेहरू ट्राफिकमा नजरमा पर्दै आएका छन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरी र ट्राफिक प्रहरी महाशाखामा रहेका साढे दुई सयभन्दा बढी सीसीटीभीले नियम मिच्ने सवारीसाधनलाई जुम गरेर नम्बर थाहा पाउनेबित्तिकै नजिकै खटिएको ट्राफिकलाई जानकारी गराएपछि सवारी चालक कारबाहीमा पर्छन्।


थापाथली, बानेश्वर, त्रिपुरेश्वर, गौशाला, दरबारमार्ग आदि चोकका सीसीटीभीले लेन अनुशासन मिच्नेलाई ट्र्याकिङ गर्छन्।

ट्राफिकलाई जानकारी हुँदाहुँदै पनि नियम मिचेर फरार सवारीका हकमा भने ट्राफिकले यातायात व्यवस्था कार्यालयमार्फत सवारीसाधनको पूर्ण जानकारी लिएर धनीलाई फोनमार्फत बोलाएर कारबाहीको चिट थमाउँदै आएको छ। असारमा मात्रै साढे ६ सय सवारीसाधन सीसीटीभीमार्फत कारबाही गरिएको महानगरीय प्रहरी प्रमुख डीआईजी मनोज नेउपानेले जानकारी दिए। दैनिक ५० भन्दा बढी सवारीसाधन नियम मिचेर फरार हुने गरेको उनको भनाइ छ।

‘ट्राफिकले देखेन भनेर छल्दै हिँड्ने सवारी चालकलाई हामीले सीसीटीभीबाटै जुम गरेर नम्बर पत्ता लगाएर कारबाहीको दायरमा ल्याएका छौं’, उनले भने। नियम उल्लंघन गरेका तर कारबाही नपरेका नौ सय सवारीसाधनलाई भने महाशाखाले यातायात कार्यालयमा नम्बर भिडाएर कारबाहीको दायरामा ल्याइएको महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.