डा.केसी शिक्षण अस्पतालमाः आईसियूमा बस्न मानेनन्

डा.केसी शिक्षण अस्पतालमाः आईसियूमा बस्न मानेनन्

काठमाडौँः प्राध्यापक डाक्टर गोविन्द केसीलाई जुम्लाबाट ल्याएर त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ । नेपाली सेनाको हेलिकोप्टर टुँडिखेलमा अवतरण गरेपछि केसीलाई सिधै अस्पताल पुर्याइएको हो । 

केसीलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएको भए पनि केसीले आईसियूमा बसेर उपचार गर्न अस्वीकार गरेका छन् । सुरक्षाकर्मी र चिकित्सकले डा. केसीलार्य आईसियुमा पुर्याए पनि केसी पुरानो अनसनस्थल गणेशमान भवनतर्फ गएका छन्। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनशन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई सरकारले जुम्लाबाट सुर्खेत हुँदै नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो । अनशनस्थलबाट झिेकर केसीलाई नेपाली सेनाको व्यारेकमा लगेपछि त्यहाँबाट हेलिकोप्टरमा सुर्खेत झारिएको थियो । 

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले केसीलाई सरकारले काठमाडौँ ल्याउने भएपछि बिहीबार बिहानै त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र आईएमओका डिनलाई शिक्षण अस्पताल तयारी अवस्थामा राख्न निर्देशन दिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.