'डा. केसी गलत समूहको कब्जामा छन्'

'डा. केसी गलत समूहको कब्जामा छन्'

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले एक समूहको कब्जामा रहेका डा. गोविन्द केसीसँग राज्यको पहुँंच आजै मात्र भएको बताएका छन्। उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘डा. केसीको जीवन रक्षार्थ सरकारले केही बल प्रयोग गर्नु पर्‍यो। उहाँंका माग सक्दो पूरा गर्न सरकार प्रतिबद्ध छ।’

प्रधानमन्त्री ओलीले राजपाका अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा गएको अध्यक्षमण्डलका नेताहरूसँग बिहीबार राति करिब दुई घण्टा लामो वार्ताका क्रममा यस्तो अभिव्यक्ति दिएका हुन्। राजपा अध्यक्ष ठाकुरले सरकार गठनताका भएको सहमतिअनुसार तत्काल संविधान संशोधनलगायत माग पूरा गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई सातबुँदे ज्ञापनपत्र बुझाएका थिए। 

प्रधानमन्त्री ओलीले डा. केसीलाई काठमाडौं ल्याएर उनको जीवन रक्षा गर्दै उपचार गर्न सरकारले केही दिनदेखि प्रयास गरिरहेको जानकारी राजपालाई दिए। ‘डा. केसीलाई एक एक समूहले कब्जामा लिएकाले आज उनलाई मुक्त गर्न सरकार सफल भयो’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले बतायो।

प्रधानमन्त्रीले तपार्ईंहरूको मागअनुसार संविधान संशोधन हुन्छ, त्यसका लागि माइतीघरमण्डलको प्रेसर कम हुन दिनु होस् भन्दै आफूहरूसँग आग्रह गरेको राजपाका नेता अनिलकुमार झाले बताए। उनले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘सांसद रेशम चौधरीका सवालमा अदालतमा विचाराधीन हुँदा केही समय लाग्छ। 

गृहअन्तर्गत रहेका मुद्दाबारे महान्यायाधिवक्तासँग परामर्श गरी सरकारले आवश्यक निर्णय लिनेछ।’ प्रदेशलाई आर्थिक, भौतिक, प्राविधिक रूपमा सम्पन्न गराउन आफू तयार रहेको प्रतिबद्धता प्रधानमन्त्रीले राजपा नेताहरूसँग गरेका थिए। अंगीकृत र जन्मसिद्धले नागरिकता पाउनु पर्ने आफ्नो मान्यता रहेकाले सोअनुसार गर्न गराउन गृहमन्त्रीलाई निर्देशन दिइसकेको र त्यसको कार्यान्वयन भए नभएको तत्काल जानकारी लिने उनले राजपाका नेताहरू आश्वस्त पार्ने प्रयास गरेका थिए।

‘लोकतान्त्रिक गठबन्धन’ बनाउन प्रमुख प्रतिपक्षी दल कांग्रेससँग बिहीबार बिहान छलफल गरेको राजपाले राति प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री बनाउन आफूहरूले पनि समर्थन गरेको जानकारीसहित ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझाउन राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्रराय यादव, अनिलकुमार झा र राजकिशोर यादवसमेत गएका थिए। राजपाले ज्ञापनपत्रमा अनशनरत डा.गोविन्द केसीको माग सम्बोधन गर्दै उनको प्राणरक्षा गर्न प्रधानमन्त्रीसँग आग्रहसमेत गरेको छ। राजपाले कैलाली क्षेत्र १ बाट निर्वाचित राजपा सांसद रेशम चौधरीलाई प्रमाणपत्र उपलब्ध गराएर शपथ गराउनु पर्ने मागसमेत गरेको छ। गत वर्षको बाढीबाट प्रभावित मधेसीले अहिलेसम्म राहत पाउन नसकेको भन्दै राहत उपलब्ध गराउन पनि माग गरेको छ।

भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणका बेला घोषित अनुदान रकमका कार्यक्रम अघि बढाउन, विभिन्न ऐन कानुन निर्माण गरी प्रदेश सरकारलाई सघाउन, सरकारले पदमुक्त गरेका विभिन्न निकायका पदाधिकारी पुनःनियुक्तीलगायत विभिन्न विषयमा राजपाले छलफल गरेको अध्यक्षमण्डलका नेता अनिलकुमार झाले बताए। ओली सरकारले हालसम्म मधेसी दलहरूको मुख्य एजेन्डा संविधान संशोधनलगायत माग पूरा नगरेको भन्दै सरकारबाट समर्थन फिर्ता लिन पार्टीभित्र तीव्र दबाब परेको जानरकारी अर्का नेताले दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.