बाँदर धपाउन चार महिना ड्यूटी

बाँदर धपाउन चार महिना ड्यूटी

पुर्कोटदह(गुल्मी) : मदाने गाउँपालिका–६ एकराते पुर्कोटदह गुल्मीका डोरप्रसाद पौडेल विहान पाँच वजे मकैबारीमा पुग्छन्। जगंलको बीचमा उनको बारी छ। ७३ वर्षिय पौडेलको वर्षमा चार महिना मकैबारी धाउदै वित्ने गरेको छ। बाँझो बारी जोत्ने, मकै छर्ने, कुटाउने र घरमा भित्र्याउने भन्दा धेरै चिन्ता उनलाई बाँदर धपाउन हुने गरेको छ।

जेठदेखि भदौसम्म उनको दैनिकी बाँदर धपाउनमै वित्ने गर्छ। ‘विहान पाँच बजे उठ्छु’,बाँदर धपाउन कटेरोमै भेटिएका पौडेलले भने,‘चिया नास्ता खाएर आउछु। आलोपालो गरेर घरमा खाना जान्छु।’ छोराछोरी, नानातिनाले आफूलाई कहिल्यकाँही पालो दिने गरेको उनले सुनाए। दश रोपनी क्षेत्रफल जग्गामा उनले मकै लगाएका छन्।

बाँदर धपाउनका लागि मकैबारी नजिकै अस्थायी कटेरो बनाएका छन्। ‘घामपानी ओत्न कटेरो बनाएको हँु’,उनले भने,‘चार महिना कटेरोमा बस्दैमा वित्छ।’ आफूसँगै उनले कुकुर पनि साथमा ल्याउने गर्छन्। धेरै बाँदर आएमा कुकुर मार्फत लखेट्ने गरेको उनले सुनाए। बाँदरले मकैको ‘गुबो’ लाग्न थालेदेखि नै नोक्सान गर्ने गरेको उनले अनुभव सुनाए। झिसमिसे विहानदेखि साँझसम्म यहाँका अधिकांश किसानहरुको दैनिकी बाँदर धपाउनमै वित्ने गरेको छ। थोरै सन्तान हुनेलाई खेतपाती जोगाउन धेरै हम्मेहम्मे पर्ने गरेको छ। मच्छि–सौतामारे–पुर्कोटदह सडकखण्ड अन्तर्गत पुर्कोटको एकराते बाटो छेउँमै उनले बाँदर धपाउनका लागि अस्थायी कटेरो बनाएका छन्।

अधिकांश किसानहरुले वर्षभरी खानका लागि मकैखेती गर्ने गरेका छन्। पुस्तौदेखि नै यहाँका किसानहरुलाई बाँदर धपाउने पिरलो वर्षेनी हुँदै आएको छ। वैशाखमा लगाएको मकै भदौभित्र घरमा भित्र्याउने गरेका छन्। बाँदर धपाउनका लागि गाउँभरीका किसानहरुले अस्थायी कटेरो बनाएका छन्।

‘बाँदरको हुल मकैबारीमा छिरेमा धेरै नोक्सानी गर्छ’,सोही ठाउँका किसान लालमणी पौडेलले भने,‘बाँदरले धेरै सताउन थाल्यो।’ मकैका घोगा राम्रो फलेर खुसी भएपनि छिनभरमै बाँदरले नोक्सानी गर्दा चिन्ता बढ्ने गरेको उनले गुनासो गरे। ‘जति धपाएपनि आइहाल्छ’,उनी भन्छन्,‘एक्लै बस्दा आफ्नै ज्यानको डर लाग्छ।’ धेरै मेहनत गरेर मकै उव्जाएपनि ढुक्कसँग घरमा भित्र्याउन नपाउँदा किसानहरु चिन्तित बन्दै गएका छन्।

गुल्मीका मदाने गाउँपालिका सहित धुर्कोट, इस्मा लगाएत गाउँपालिका क्षेत्रमा समेत बाँदरले सताउने गरेको छ। केही जिल्लाहरुमा बाँदर धपाउन मजदुर राखेको खवर सुनेका यहाँका किसानहरुले आफ्नो गाउँमा समेत व्यवस्था गर्न आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.