प्रदेश ७ का खेलाडीको उपाधि चुम्ने धोको

प्रदेश ७ का खेलाडीको उपाधि चुम्ने धोको

धनगढी : प्रदेश नम्बर ७ स्तरीय अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको अन्तिम चरणको प्रतिस्पर्धामा छनोट भएका कैलालीका राजेन्द्र बम र शैलेन्द्रकुमार श्रेष्ठको जोडी धनगढीको शुभ श्री प्यालेसको ब्याडमिन्टन हलमा बिहान-बेलुकी कडा प्रशिक्षणमा जुटेका छन् । काठमाडौंमा हुने अन्तिम चरणको प्रतिस्पर्धामा पुरुष डबल्सको उपाधि जित्ने धोको दुवैको छ ।

‘यसपालि उपाधि उचाल्ने धोको छ, त्यसैअनुसार दुवै जनाले कडा रूपमा परि श्रम गरिरहेका छौं’, राजेन्द्र बमले भने । उनले गत वर्ष पनि पुरुष डबल्स खेलेका थिए । ‘गत वर्ष चुनावका कारण त्यति राम्रो तयारी गर्न सकिएन । पहिलो खेलमै पराजित भयौं’, राजेन्द्रले भने ।

गत वर्ष राजेन्द्र बमले सुरेन्द्र विष्टसँग जोडी बनाएका थिए । यसपालि भने उनले शैलेन्द्रकुमार श्रेष्ठसँग जोडी बनाए । ‘अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टनमा मेरो पहिलो सहभागिता हो । दुवैले राम्रो तयारी गरेका छौं । प्रतियोगिता सुरु हुनु एकदुई दिन अगाडि नै काठमाडौं गएर प्रशिक्षण गर्ने गर्ने सोचमा छौं’, शैलेन्द्रले भने ।

दुवै खेलाडीले नवदुर्गा प्रिन्टर्सका तर्फबाट एक्जुक्युटिभ डबल्समा प्रतिस्पर्धा गर्ने सोच बनाएका छन् । ‘सकेसम्म पुरुष डबल्सको उपाधि जित्ने प्रयास रहन्छ, होइन भने एक्जुक्युटिभको उपाधि त प्रदेशमा लिएरै नै आउछौं’, श्रेष्ठले थपे । उनले पहिलोपटक सहभागी हुन लागेकाले अलि उत्साहित भएको बताए । उनले तराईमा खेलेका खेलाडीले काठमाडौंमा खेल्दा कर्कको स्पिड नमिल्ने भएकाले दुई दिन काठमाडौंमै प्रशिक्षण गर्ने बताए ।

यू-१९ पुरुष एकलको क्षेत्रीय च्याम्पियन देवराज रानाको पनि प्रतियोगिताको उपाधि उचाल्ने धोको छ । उनी गत वर्षको खुलातर्फ राष्ट्रिय रूपमै तेस्रो भएका थिए । ‘अन्नपूर्ण पोस्ट्ले यस वर्ष १९ वर्ष मुनिको प्रतियोगिता राखेकाले एकदमै खुसी छु, मलाई विश्वास छ, यसपालिको उपाधि मैले नै चुम्नेछु’, देवराजले भने ।

उनी यस वर्षको पुरुष एकल र यू-१९ पुरुक्ष एकलमा प्रथम भएका थिए । यही स्पर्धामा दोस्रो भएका अमृत चौधरी पनि प्रतियोगिताका लागि राम्रो तयारी गरिरहेको बताउँछन् । ‘हामीलाई गुरुहरूले पनि एकदमै मेहनत गरेर प्रशिक्षण गराइरहनु भएको छ । धनगढीको कभर्डहलमा एक महिनादेखि प्रशिक्षण गरिरहेका छौं’, रानाले भने । रानाले गत वर्ष पुरुष खुलातर्फ दोस्रो चरणको खेलमा एपीएफका खेलाडीसँग पराजय बेहोरेका थिए ।

यू-१९ महिला एकलकी विजेता कञ्चनपुरकी नीलिमा महराले पनि काठमाडौंमा हुने प्रतियोगिताका लागि आफूले राम्रै तयारी गरिरहेको बताइन् । यो स्पर्धामा विस्ना विष्ट दोस्रो भएकी थिइन्।

प्रदेश ७ बाट सहभागी हुने खेलाडी

पुरुष सिंगल

देवराज राना

जेबी साउद

महिला सिंगल

मोयुन तामाङ

विमला ओझा

यू-१९ पुरुष सिंगल

देवराज राना

अमृत चौधरी

यू-१९ महिला सिंगल

नीलिमा महरा

विस्ना विष्ट

पुरुष डबल्स

शैलेन्द्रकुमार श्रेष्ठ र राजेन्द्र बम

सुरेन्द्रकुमार बम र केशव भट्ट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.