'काउब्वाइज' विश्वकै सर्वाधिक मूल्यवान् क्लब

'काउब्वाइज'  विश्वकै सर्वाधिक मूल्यवान् क्लब

लस एन्जेलस : अमेरिकन रग्बी क्लब डालास काउब्वाइज विश्वकै मूल्यवान् खेलकुद क्लब बनेको छ ।फोर्ब्सले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार काउब्वाइज सबैभन्दा मूल्यवान् देखिएको हो । काउब्वाइजको मूल्य ४.८ बिलियन अमेरिकी डलर रहेकोफोर्ब्सले जनाएको छ । काउब्वाइजको मूल्य गत वर्षको तुलनामा १४ प्रतिशत वृद्धि भएको जनाइएको छ ।

काउब्वाइजपछि इङ्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा देखिएको छ । म्यान युनाइटेडको मूल्य ३.६७ बिलियन अमेरिकी डलर छ । तेस्रो र चौथो स्थानमा क्रमशः स्पेनिस ला लिगा क्लब रियल म्याड्रिड र बार्सिलोना रहेका छन् । रियलले यो सूचीमा बार्सिलोनालाई जितेको हो । च्याम्पियन्स लिग विजेता रियलको मूल्य ४.०९ बिलियन अमेरिकी डलर र बार्सिलोनाको मूल्य ४.०६५ रहेकोफोर्ब्सले जनाएको छ ।

रियलको मूल्यमा गत वर्षको भन्दा १४ प्रतिशतले वृद्धि हुँदा बार्सिलोनाको मूल्य भने १२ प्रतिशतले मात्रै वृद्धि भएको हो । सन् २०१७ मा दोस्रो स्थानमा रहेको बेसबल टोली न्युयोर्क याङ्किज यो वर्ष पाँचौं स्थानमा पुगेको छ । उसको मूल्य ३.०६ बिलियन छ । हालै रुसमा सम्पन्न विश्वकप फुटबलले म्यान युनाइटेड, रियल र बार्सिलोनाको मूल्य वृद्धि हुनुमा महत्वपूर्ण भूमिका खेलेको फोर्ब्सको निष्कर्ष छ ।

यो सूचीमा अन्य फुटबल क्लबहरू भने निकै पछि देखिएका छन् । जर्मन फुटबल क्लब बायर्न म्युनिख १२औं, इङ्लिस क्लब म्यानचेस्टर सिटी ३०औं, आर्सनल ३९औं र चेल्सी ४६औं स्थानमा पुगेका छन् । बायर्नको मूल्य २.३५ बिलियन अमेरिकन डलर छ भने म्यान सिटीको १.८९ बिलियन, आर्सनलको १.७१ बिलियन र चेल्सीको १.५८ बिलियन अमेरिकन डलर मूल्य रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.