फोल्ड गर्न मिल्ने मोटरसाइकल

फोल्ड गर्न मिल्ने मोटरसाइकल

काठमाडौं : बेलायती बाइसाइकल उत्पादक कम्पनी हमिङबर्डले फोल्‍ड गर्न मिल्ने ई–बाइक सार्वजनिक गरेको छ । १०.३ किलो तौलको यो बाइक हलुका र आरामदायक छ ।

यसअघि कम्पनीले सन् २०१७ मा करिब सात किलोको फोल्डिङ बाइकलाई बजारमा ल्याएको थियो । तत्कालीन समयमा त्यो संसारकै हलुका बाइक थियो ।

हमिङबर्डले अब उस्तै मोडलको ब्याट्री पावरको मोटरका साथ विकास गरेको थियो । हमिङबर्डले इलेक्‍िट्रकमा दुई सय ५० वाट क्षमताको मोटर जडान गरेको छ । १६० डब्लूएच लिथि‍यम ब्याट्रिका साथ यो बाइकको गति २५ केएमपीएच छ । यो एकपटक चार्जमा तीस किलोमिटरसम्म कुद्न सक्छ ।

बाइकको डिजाइनर पेट्रे क्रसियनले भने, ‘हामीले प‍िछल्लो वर्ष कसरी बनाउने भन्ने विषयमा छलफल गरेका थियौं । यो इलेक्ट्रिक मोडलका साथ यसको तौल १०.३ किलो छ ।’

हमिङबर्डको अगाडिको पांग्राको ब्यास १८० एमएम र मोटाई १२० एमएम छ । यो मात्र साढे दुई घण्टामै फुल चार्ज हुन्छ । यसमा इमर्जेन्सीमा अतिरिक्त ब्याट्री प्याक लिएर जाँदा उपयोगी हुन्छ । यसको मोटरमा एउटा सेन्सर छ जसले स्वचालित रूपमा राइडरको आवश्यकता बुझ्छ ।

यो इलेक्‍िट्रक बाइक ब्‍लुटुथ कनेक्‍िट‍िभटीका साथ उपलब्ध छ । यही तरिकामा राइडर ब‍िटराइड ऐपको सहयोगले स्‍मार्टफोन चार्ज गर्न सकिन्छ । यसका साथै फोनबाट अनलाइन डायग्नोसिस, बाइक ओरियन्टेड नेभिगेसन, मोबि‍िलटी स्‍टाटसलगायत सुविधा छन् । एपको सहयोगले चालकले रियर ह्विल लक गर्न सक्नेछ । जसले गर्दा बाइक चोरी हुनबाट बचाउँछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.