स्थानीय तहले दिन थाल्यो गाईलाई सुत्केरी भत्ता

स्थानीय तहले दिन थाल्यो गाईलाई सुत्केरी भत्ता

चितवनः रत्ननगर नगरपालिकाले गाईलाई पनि सुत्केरी भता दिन सुरु गरेको छ । नगरपालिकाका पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई पाँच सय रुपैयाँ सुत्केरी भत्ता दिन शुरु गरेको हो ।

‘अब साउन १ गतेयता ब्याएका गाईलाई नगरपालिकाले भत्ता दिने निर्णय भएको छ । कार्यविधि बनेपछि रकम वितरण पनि शुरु हुन्छ तर त्यसका लागि प्रमाण भने पु¥याउनुपर्ने हुन्छ ’ उनले भने ।

गाई ब्याउने वित्तिकै किसानले खबर गरेमा पशु प्राविधिक किसानकै घरमा पुगेर अभिलेख राख्ने र उपयुक्त समय मिलाएर भत्ता वितरण वितरण गरिने नगरपालिकाले जानकारी दिएको छ ।

किसानलाई गाईपालनमा प्रोत्साहनका लागि यस्तो कार्यक्रम ल्याइएको हो । प्रतिगाई एक हजारका दरले भत्ता दिने तयारी गरिए पनि नगरपालिकाले बजेट कटौती गरेकाले रु ५०० मात्रै दिन लागेको हो ।

रत्ननगर नगरपालिका क्षेत्रमा करीब ३५ हजार गाई छन् भने व्यावसायिक रुपमा १०० गाई फार्म छन् तर स्थानीय जातका गाईले समेत भत्ता पाउने पशु स्वास्थ्य प्राविधिक ईश्वर मिश्रले बताए ।

रत्ननगरमा कृत्रिम गर्भाधान गर्ने गाईको संख्या ६ हजार २०० छ । त्यसमा ७० प्रतिशत गाई सुत्केरी हुन्छ, भन्ने अनुमानले करीब चार हजार गाईलाई भत्ता दिने योजना बनाइएको उनले बताए ।

यसका लागि ४० लाख रुपैयाँ बजेट माग गरिए पनि नगरपालिकाले २० लाख रुपैयाँ बजेट छुट्याएको प्राविधिक मिश्रले जानकारी दिए । थोरै गाईपालन गर्ने किसानले समेत भत्ता स्वरुपको रकम पाउनु खुसीको कुरा भएको रत्ननगरका किसान काशिराम भुषालले बताए ।

सहकारीका अध्यक्ष विष्णुप्रसाद लामिछानेले सुत्केरी भत्ता दिने कार्यक्रम सकारात्मक भएपनि रोग नियन्त्रणका विषयमा भने सरकारबाट सहयोग नपाएको गुनासो गरेका छन् । रासस)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.