‘सरकारको सर्वसत्तावादविरुद्ध कांग्रेस सडकमा जान बाध्य भयो’
धनगढी : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार अधिनायक तर्फ गइरहेको आरोप लगाएका छन । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीहरु संग कुरा गदैँ सिहंले भने, ‘पछिल्ला दिनका सरकारको गतिविधि हेर्दा अधिनायक तर्फ गइरहेका आवास काँग्रेसलाई भएको छ ।’
दुईतिहाइको दम्भ देखाएर सरकारले सर्बसत्तावादी शैलीलाई बढावा दिएको भन्दै नेता सिंहले यसका लागि कांग्रेस सडक र सदनबाट शान्तिपूर्ण आन्दोलनमा गएको बताए ।
जुम्लामा स्वास्थ्य संस्थामा भएको आक्रमणले सरकार कति सवेदनशिल छ भन्ने कुराको प्रमाणीत भइसकेको उनको जिकिर थियो । ‘गोविन्द केसीलाई स्वास्थ्य संस्थामा नै जबरजस्त गरी ल्याएकोप्रति कांग्रसेका गम्भीर आपति छ’, उनले भने, ‘स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय सेवाका लागि सरकारले जायज मागका पुरा गर्नुपर्छ ।’
डाक्टर गोविन्द केसीका मागको सम्बोधन गर्न सरकारले माथेमा आयोगको प्रतिवेदन कार्यान्यवन गर्न पर्ने धारणा व्यक्त गरे । दुई तिहायको सरकार आएपछि विकास होला भन्ने आसमा रहेका जनता सरकारको रबैया देखेर निरास भएको बताए । जनतलाई विकास भन्दा त्रास देखाएर आतंकित पारेको उनको धारणा छ ।