बालुवाटारमा ओली-प्रचण्ड भेटवार्ता, केसीको अनशन पनि एजेन्डा !

बालुवाटारमा ओली-प्रचण्ड भेटवार्ता, केसीको अनशन पनि एजेन्डा !

काठमाडौँः प्राध्यापक डाक्टर गोविन्द केसीको २१ दिनदेखि जारी अनशनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ ।   

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको भेटवार्तामा केसीको अनशनबाट उत्पन्न जटिलता समाधान गर्नेबारेमा दुई नेताबीच छलफल भइरहेको स्रोतले जनाएको छ । 

केसीको अनशन २१ औँ दिनमा पुगिसक्दा पनि मौन रहँदै आएका प्रचण्ड र जुम्लास्थित अस्पताल हस्तक्षेप गरेपछि आलोचित बनेका प्रधानमन्त्रीबीचको यो भेटवार्तालाई अर्थपूर्णरुपमा लिइएको छ । 

केसी प्रकरणमा सरकार अफ्ठेरोमा परेको अवस्थामा पनि प्रचण्ड मौन रहँदै आएका छन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दुई नेताबीचको भेटवार्ताबारे पुष्टि गर्दै समसामयिक अवस्था, सरकारको भूमिका र पार्टीको गतिविधिबारे छलफल भइरहेको बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.