गोविन्द केसीको मुद्दामा नेकपा-कांग्रेस जुहारी (भिडियोसहित)
काठमाडौँः स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधार माग गर्दै आन्दोलित प्रा.डा. गोविन्द केसीको अनशनलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच जुहारी चलेको छ ।
एपीवान एचडी टेलिभिजनको बिहीबार साँझ भएको एपी सेन्टर कार्यक्रममा उपस्थित नेकपाका नेता रघुजी पन्त र कांग्रेसका नेता मिनेन्द्र रिजालबीच चर्काचर्की नै पर्यो । डाक्टर केसीको माग पुरा गर्नका लागि कांग्रेसले ल्याएको अध्यादेशलाई प्रतिष्थापन गर्ने विधेयक हुबहु संसदमा प्रस्तुत नगरेर नेकपाले धोका दिएको आरोप लगाए ।
संसद नहुँदा आएको अध्यादेशलाई सर्लक्कै प्रतिष्थापन नगरी केपी ओली नेतृत्वको सरकारले अध्यादेशका तीन व्यवस्था खारेज गर्ने गरी विधेयक ल्याएकाले विरोधमा उत्रनुपरेको रिजालले बताए । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका नेता रघुजी पन्तले कांग्रेस नेतृत्वको सरकारका बेला सात सात पटक केसीले अनशन गर्दा पनि बेवास्ता गर्नेहरु अहिले ठुलो स्वरमा कराउनुको औचित्य नभएको जिकिर गरे ।
नेता पन्तले कांग्रेस लामो समयसम्म सरकारमा हुँदा पनि केसीलाई बेवास्ता गरेको बताउँदै नेकपाको बहुमत आउने पक्का भएपछि प्रधानमन्त्री रहेका देउवाले नियतवश विधेयक ल्याएको दाबी गरे ।
भिडियोः