शिव इन्टरप्राइजेजसँग ९९ करोड धराैटी माग
काठमाडौं : राजस्व अनुसन्धान विभागले शिव इन्टरप्राइजेजसँग ९९ करोड धरौटी माग गरेको छ । दुई महिना लगाएर गरेको अनुसन्धानबाट इन्टरप्राइजेजका सञ्चालकसँग सो रकम बराबरको बिगो र जरिवाना माग गर्दै मुद्दा दायरा गर्ने तयारी भएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । विभागका अनुसार राजस्व चुहावटमा यो अहिलेसम्मकै ठूलो मुद्दा हो ।
‘सिद्धार्थ नगरपालिका वडा नं १ बस्ने भन्सार एजेन्ट नवराज उपाध्यायले सिद्धार्थ नगरपालिका वडा–८ बस्ने कमला रसायलीको नाममा फर्म दर्ता गराएर राजस्व छलीसम्बन्धि विभिन्न काम गरेको अनुसन्धानबाट पाइयो’, उनले भने, ‘मूल्यको नक्कली बिल बनाउनेदेखि उस्तै बिल बनाएर बजारमा सामान पठाउनेसम्म काम समेत भएका छन् ।’
उपाध्याय, उनका छोरा छोरा सशांक र तीन महिना १५ दिनदेखि थुनामा छन्’, उनले थपे । दुई वर्षअघि अर्कोको नाममा फर्म दर्ता गराएर नक्कली बिजक जारी गरेर अर्थात भन्सारसँग मिलेमतोमा बिल नै नदेखाई आलु, प्याजदेखि गार्मेन्टका कपडा तथा मोटर्स पाटर््ससम्म भिœयाएको अनुसन्धानबाट फेला प¥यो’, उनी भन्छन् । इन्टरप्राइजेजका प्रोपराइटर रसायलीलाई खाली चेकमा सही गर्न लगाएर बाबुछोराले कर छली धन्दा चलाउने गरेका थिए ।
सामान्य टेलरिङ गरेर बस्ने महिलाको नाममा फर्म दर्ता गराएर गरिएको कार्य भएकाले ती महिलालाई मुख्य अभियुक्तका रूपमा नलियर अख्तियारीको रूपमा मात्र लिएर कारबाही अघि बढाउने विभागको योजना छ । यस सम्बन्धमा सरकारी वकिलसँग छलफल गरेर अर्को साता प्रतिवेदन तयार पार्ने र त्यसपछि जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायरा गर्ने तयारी विभागले गरेको छ ।