यू–१९ बाट धेरै आशा

यू–१९ बाट धेरै आशा

नेपालगन्ज : अन्नपूर्ण पोस्ट्ले गत वर्ष आयोजना गरेको कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा दोस्रो चरणबाट बाहिरिएका शिव थापा यो पटक भने उपाधि उचाल्ने दाउमा छन् । ‘मैले धेरै प्रयास गरेको छु । मेरो मेहनत खेर जान दिन्न’, उनले भने ।

यहाँका अर्का आशा लाग्दा खेलाडी हुन्, सहरोज अन्सारी । उनी अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता भएकाले निकै हौसिएका छन् । ‘निकै कडा प्रतिस्पर्धा हुन्छ तर मैले हार मानेको छैन । गुरुहरुलाई निराश बनाउँदिन’ उनले भने ।

अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा प्रदेश ५ ले यू–१९ बाट उपाधि जित्ने आशा गरेको छ । यू–१९ मा नेपालगन्जबाट पाँच जना खेलाडी छनोट भएका छन् । जसमध्ये समीक्षा न्यौपाने, सफल थापा, सहरोज अन्सारी, शिव थापा र सुष्मा थापा छन् ।

प्रशिक्षण लिन समीक्षा र सफल एक हप्ताअघिदेखि राजधानी गइसकेका छन् । सहरोज, शिव र सुष्माले भने नेपालगन्जमै प्रशिक्षण लिएका छन् ।

टिम म्यानेजर तथा प्रशिक्षक सुदिल लाखे सबै खेलाडीले राष्ट्रिय प्रतियोगिता खेलिसकेकाले उपाधि ल्याउनेमा निकै आशावादी छन् । ‘दुई जना काठमाडौंमा प्रशिक्षणमा छन् भने तीन जना नेपालगन्जमै ब्यापक तयारीमा जुटेका छन् । यसैले उनीहरुबाट पदकको आशा गर्न सकिन्छ’ उनले भने ।

नेपालगन्ज ब्याडमिन्टन क्लबका अध्यक्ष संजय थापा पनि जुनियर प्रतिस्पर्धामा यहाँका खेलाडीले राम्रो प्रदर्शन गर्ने बताउँछन् । ‘हामीलाई आशा छ । उनीहरुले निराश बनाउँदैनन्’ उनी भन्छन्।

सिनियर खुलातर्फ नेपालगन्जबाट चार जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । विगतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका इरफान अन्सारी, सम्झना शर्मा, रियाज अन्सारी र संगम पुन मगर पनि उपाधि उचाल्ने कसरतमा जुटेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.