कामदार अलपत्र पार्ने तीनजुरे र इम्पावरमेन्ट म्यानपावरको कारोबार रोक्का
काठकाडौं : साउदी अरबमा ३८ जना नेपालीलाई अलपत्र पार्ने दुई म्यानपावारको कारोबार रोक्का भएको छ । तीनजुरे र इम्पावरमेन्ट नामका म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कारवाही गरेको हो ।
विभागले ती कम्पनीको कारोबार रोक्का गर्दै तत्काल उद्धार गर्न निर्देशन समेत दिएको छ । उता अलपत्र ३८ मध्ये १६ जना त्यहाँस्थित दूतावासको सम्पर्कमा पुगेका छन् । उनीहरुको लागि तत्कालका लागि खाने तथा बस्ने गर्न एनआरएन साउदीले पहल गरेको छ ।
शुक्रबार मात्रै विभागले पीडितका आफन्तहरुसँग छलफल गरेको थियो । साउदीमा ३८ जना नेपाली अलपत्र परेको खबर सार्वजनिक भएसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले तत्काल उद्धारको पहल गर्न र सम्बन्धित म्यानपावर कम्पनीलाई कारवाही गर्न विभागलाई निर्देशन दिएका थिए ।