कलाकारको तीज तयारी

कलाकारको तीज तयारी

हरेक वर्षझै कलाकारले यसपालिको तीजका लागि पनि विभिन्न तयारी गरेका छन् । कोही तीजका लागि नयाँ भाका निकाल्ने तयारी गरिरहेका छन् भने कोही आफ्ना गीतको म्युजिक भिडियोको छायांकनमा व्यस्त छन् । एकथरी कलाकार भने स्वदेश तथा विदेशमा आयोजना हुने तीजका कार्यक्रमका लागि गाउने र नाच्ने गीतको छनोटमा व्यस्त छन् ।

यस वर्ष अघिल्ला वर्षहरूमा भन्दा फरक शैलीका तीजका भाका पनि सुन्न पाइने भएको छ । यसै क्रममा गायक सुनिता दुलालले पातै राम्रो पीपलुको बोलको तीज गीत बजारमा ल्याउने भएकी छन् । उनले अर्को गीतको पनि भर्खरै मात्र रेकर्डिङ सकाएकी छन् ।

आमाको हातले पकाएको खान हो

तीज भनेकै चेली हो माइत जान हो ।

तीज पर्व संस्कृति हस्तान्तरणका लागि पनि जोगाउनुपर्छ भन्ने मान्यता राख्ने सुनिता हरेक वर्षझैं यस वर्ष पनि तीजको समयमा नेपाल बाहिर नै रहनेछिन् ।

लोकगायनमा गायक खुमन अधिकारीले यो वर्ष आफंैले गाएको १५ वटा गीत रिलिज गरिसकेका छन् । उनले यस वर्ष ३० वटा तीजगीतमा स्वर दिने जानकारी गराए ।

नाच्न र गाउन सानै उमेरदेखि रुचि राख्ने अधिकारी विगत १० वर्षदेखि तीजका गीत गाउँदै आएका छन् । तीजको गीतका अलावा उनले हरेक दिन दुईदेखि तीनवटा लोकदोहोरी गीतमा आफ्नो आवाज दिने गरेका छन् ।

गायिका मञ्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको ‘छम्म छम्म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द तथा पवित्रा

सर्तुंगेमगरको संगीत, आशिष अविरलको एरेन्ज रहेको छ । तीजमा व्रत बसेकी        श्रीमती तब खुसी हुन्छे जब उसको पति उसँगै नाच्न आउँछ । गीतको यही भावलाई भिडियोमा उतारिएको छ । नीता ढुंगाना र दीपेन्द्र घिमिरेको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

माण्डवी त्रिपाठीले यस वर्ष पनि नयाँ तीज गीत निकाल्ने सोच बनाएकी छन् । पेन्ट लाउँ कि सारी बोलका गीत केही दिनअघि मात्र उनले रेकर्ड गराएकी छन् ।

हरियो चुरा र मेहन्दीले हात सजाएर साउनको महिनादेखि नै तीजको रमझम सुरु हुने बताउने दुलालले हालसम्म करिब डेढ दर्जन तीजका गीत बजारमा ल्याइसकेकी छन् । अरूको जस्तोसुकै गीतमा गाउनुभन्दा उनलाई आफ्नै गीतमा स्वर दिन मनपर्छ । उनी भन्छिन्, ‘तीजका गीतमा संख्याभन्दा पनि गुणस्तरमा ध्यान दिनुप¥यो । कसरी राम्रो गीत तयार हुन्छ भनेर म लागिरहन्छु ।’

दुलालकै विचारमा सहमत हँुदै अधिकारीले आफ्ना कुनै पनि गीतले संस्कृति नतोडेको तर्क दिए । तीज गीतमा अश्लीलता भित्रियो नि भन्ने प्रश्नमा अधिकारी भन्छन्, ‘समाजका विकृति, विसंगतिविरुद्ध गीतसंगीतबाट हानेको झटारोलाई अश्लील भन्न मिल्दैन ।’ उनले आफ्नो गीत पूरै सुनेमा विकृतिप्रतिको व्यंग्य मात्र भेटिने बताए ।

चर्चा कमाउने निहुँमा केही कलाकारले गीतसंगीतमा अश्लील शब्द र भिडियो बनाएको स्वीकार गदै त्रिपाठीले त्यस्ता गीत केही समयपछि आउट डेटेड हुने बताइन् । यही क्षेत्रमा टिक्न गायकगायिका तथा कलाकारले रातदिन मेहनत गर्नुपर्नेमा जोड दिँदै उनले आफूले चर्चा कमाउनकै लागि मरिहत्ते नगरेको बताइन् ।

तीजको समयमा २० लाखदेखि ३० लाखको हाराहारीमा आम्दानी गर्ने दुलाल यस वर्ष पनि तीजको समय नेपालबाहिर नै हुने जानकारी दिइन् । उनी साउनको अन्तिमबाट सांगीतिक कार्यक्रमका लागि विदेश भ्रमणमा हुनेछिन् । यसपटक उनी अस्टे««लिया, अमेरिका, आयरल्यान्ड र यूकेमा हुन लागेको तीज विशेष कार्यक्रममा विभिन्न गीत गाएर सहभागी हुन लागेको जानकारी दिइन् ।

दुलालले साउनको १९ गते बानेश्वरमा चेलीबेटी सम्मान तथा दर खाने कार्यक्रमको आयोजना गर्न लागेकी छन् । कार्यक्रममा ५० भन्दा बढी सेलिब्रेटी एकै ठाउँमा भेला भएर रमाइलो गर्नेछन् ।

निरन्तर मेहनत गरेमा जुनसुकै कामबाट पनि सफल हुन सकिन्छ भन्ने अधिकारीलाई गीत गाएरै उत्कृष्ट आम्दानी गर्न कुनै समस्या छैन । उनले प्रत्येक गीत गाएबापत २० हजारको हाराहारीमा पारि श्रमिक लिने गरेका छन् । मेला पर्व, विभिन्न सांस्कृतिक कार्यक्रममा नछुट्ने अधिकारी यस पटकको तीजको अवसरमा जापान, अस्टे«लिया, दुबई र दिल्ली जाने तयारीमा छन् । उनले तीजको अवसरमा करिब २० लाखसम्म आम्दानी हुने बताए ।

आफ्नो संस्कृति र माटो सुहाउँदो गीत गाउनुपर्छ भन्ने त्रिपाठी यस वर्षको तीजमा अस्टे«लिया र इजरायलको भ्रमणमा हुने छिन् । यसका साथै उनी होटेल सिद्धार्थले आयोजना गरेको एकहप्ते तीज विशेष कार्यक्रममा नेपालका विभिन्न जिल्लामा पनि गीत गाउन जाने छिन् ।

साउन महिनाको सुरुसँगै युट्युबमा विभिन्न प्रकारका नया तीजगीत सुन्न सकिन्छ । यसैक्रममा गायिका रमिला न्यौपानेले भुरुरु उडेको पुतली बोलको तीजगीत युट्युवमार्फत रिलिज गरेकी छन् । यस गीतमा न्यौपाने र खुमन अधिकारीको स्वर रहेका छ ।

गायिका कोमल ओलीले पनि हरेक वर्ष तीजको अवसरमा गीति एल्बम बजारमा ल्याउँदै आएकी छन् । गत वर्ष उनले म त नाच्दिनँ केरे बोलको गीत बजारमा ल्याएकी थिइन् । यस वर्ष उनको माननीयज्यू बोलको तीजगीत बजारमा आएको छ । यसमा स्वर कोमल ओली र पशुपति शर्माको रहेको छ ।

गत वर्ष पहेँलपुरे फूल राम्रो बोलको गीत बजारमा ल्याएका पशुपति शर्माले यस वर्ष लौरी हरायो, पोखराको फेवाताल बोलको गीत युट्युबाट रिलिज गरिसकेका छन् ।

प्रेम रसाइली र अमृता मगरको पातलो कम्मर भाँचन बोलको गीत पनि बजारमा आइसकेको छ । अञ्जली अधिकारी र इन्दिरा गैरेले कोरियन सारी बोलको गीत निकालेका छन् । त्यस्तै खुमन अधिकारीले मायाको रिसाउनी बानी, चम्किए तरुनी, हरियो चुरा, छोरीको करिम, शिरफूल खस्यो मेरो जस्ता तीजगीत बजारमा ल्याएका छन् । तीजको अवसरमा प्रायः सबै लोक गायकगायिकाले कुनै न कुनै सिर्जना ल्याउन गर्छन् ।

यो वर्षको हरितालिका तीज भदौ २७ गते परेको छ । तीजमा प्रायजसो दिदीबहिनी एकै ठाउँ भेला हुने, गीत गाउने, दर खाने र रमाइलो गर्ने गर्छन् । हरेक वर्ष गाइने गीतका विषयहरू भने फेरिरहेका छन् ।

कुनै बेला महिलाले  श्रीमानको घरमा पाएका दुःखहरूलाई माइतमा गएर गीतको रूपमा प्रस्तुत गरिन्थ्यो । अहिलेका तीजका गीतमा पतिपत्नप्बीचका भैmझगडा तथा रमाइला किस्सा, विकृति विसंगतिप्रति व्यंग्य र कमेडीले प्राथमिकता पाएको देखिन्छ । लोकदोहोरी प्रतिष्ठानले असार १५ देखि तीजको गीत बजारमा ल्याउन पाउने नियम बनाएको भए पनि धेरैजसो कलाकारले जेठ, असारदेखि नै तीजका गीतको रेकर्डिङ, छायांकन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.