सोन र लमेला टोट्टनहाममै रहने

सोन र लमेला टोट्टनहाममै रहने

लन्डन : दक्षिण कोरियाली स्ट्राइकर सोन हेउंग मिन र अर्जेन्टिनी विंगर इरिक लमेला युरोपेली फुटबलको आगामी सिजन पनि टोट्टनहाम हर्टस्परमै रहने भएका छन्। उनीहरू दुवैले यस सम्बन्धमा शुक्रबार नयाँ सम्झौता गरेका छन्। सोनले क्लबसँग आगामी पाँच वर्ष र लमेलाले चार वर्षका लागि नयाँ सम्झौता गरेका हुन्।

नयाँ सम्झौताअनुसार सोन आगामी सन् २०२३ र लमेला सन् २०२२ सम्म ह्वाइट हर्ट लेनमा रहनेछन्। सोन सन् २०१५ मा बार्यर लेभर्कुसेनबाट टोट्टनहामसँग आबद्ध भएका थिए। मैदानमा टोलीका मुख्य स्ट्राइकर हेरी केनसँग निकै राम्रो तालमेल देखिएका सोनलाई क्लबले आगामी केही सिजन आफूसँगै राख्न चाहेको हो। सोनले टोट्टनहामसँग अनुबन्ध भएपछि खेलेको एक सय ४० खेलबाट ४७ गोल गरेका छन्।

लमेला भने सन् २०१३ मै टोट्टनहामसँग अनुबन्धित भएका हुन्। उनले टोट्टनहामका लागि एक सय ५४ खेल खेल्दै २३ गोल गरेका छन्। गत सिजन केही समय ‘हिप’को समस्याबाट ग्रसित लमेला फेरि मैदानमा फर्किएका हुन्। त्यसयता उनले आफूलाई फेरि लयमा फर्काउन सफल भएका छन्। गत नोभेम्बरमा चोटमुक्त हँदै मैदानमा फर्किएका लमेलाले टोलीका लागि ३३ खेल खेल्दै दुई गोलसमेत गरेका थिए।

दक्षिण कोरियाका कप्तानसमेत रहेका सोनले गत रुस विश्वकपमा सशक्त प्रदर्शन गरेका थिए। टोलीलाई आफ्नो कप्तानीमा समूहगत चरण पार गराउन नसके पनि उनकै सशक्त प्रदर्शनबाट दक्षिण कोरियाले साविक विजेता जर्मनीलाई पनि समूहगत चरणबाटै बाहिर पठाउन सफल भएको थियो।

समूहगत चरणको अन्तिम खेलमा दक्षिण कोरियाले जर्मनीलाई २-० ले पराजित गर्दा दोस्रो गोल उनै सोनले गरेका थिए। त्यससँगै सन् २०१४ मा जितेको उपाधिलाई सन् २०१८ मा रक्षा गर्ने जर्मनीको योजना असफल बनेको थियो। लमेला भने यसपटक अर्जेन्टिनाको विश्वकप टोलीमा पर्न असफल भएका थिए। उनी बिनाको अर्जेन्टिना पनि प्रिक्वार्टरफाइनलभन्दा अघि बढ्न सकेन। अर्जेन्टिना प्रिक्वार्टरफाइनल चरणमा फ्रान्ससँग पराजत हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.