इरानका सर्वोच्च नेताले अमेरिकासँग वार्ता गर्न मानेनन्
तेहरान : इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँग वार्ता गर्न अस्वीकार गरेका छन् । अमेरिकासँग वार्ता गरेर सम्झौतामार्फत् समस्याको समाधान खोज्ने कुरा जानीजानी गरेको गल्ती गरेको ठर्हने उनको भनाइ छ ।
इरानको आधिकारिक समाचार संस्था इर्नाका अनुसार सर्वोच्च नेता खामेनीले अमेरिकासाग वार्ता गर्न चाहेका छैनन् । ‘अमेरिकासँगको मुख्य समस्या र विवाद भनेको इस्लामिक आन्दोलनसँगको हो, त्यो आधारभूत र मौलिक विषयमा सम्झौता गर्न सकिदैन, त्यसैले वार्ताको कुनै औचित्य छैन,’ खामेनीलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ । एएफपी/रासस