लक्ष्यभन्दा बढी राजस्व असुली

लक्ष्यभन्दा बढी राजस्व असुली

विराटनगर : विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ। भन्सारले लक्ष्यभन्दा एक अर्ब ५६ करोड ७८ लाख आठ हजार रुपैयाँ बढी राजस्व असुली गरेको थियो। साथै भन्सार राजस्व संकलनमा अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष ३४.७४ प्रतिशत वृद्धि भएको छ।

अघिल्लो वर्ष ३१ अर्ब २४ करोड ४८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन लक्ष्य लिइएकोमा ३२ अर्ब ८१ करोड २६ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयका प्रवक्ता सुशील थापाले बताए।

उनकाअनुसार आर्थिक वर्ष २०७३/०७४ मा पनि भन्सारले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको थियो। उक्त आर्थिक वर्षमा २४ अर्ब ३० करोड ४० लाख ३६ हजार राजस्व असुलीको लक्ष्य लिए पनि भन्सारले २४ अर्ब ३५ करोड ३२ लाख नौ हजार रुपैयाँ संकलन गरेको थियो।

थापाका अनुसार आर्थिक वर्ष २०७४/०७५ को साउन र भदौमा लक्ष्यअनुसार असुली गर्न नसकेकोमा अन्य महिनामा घाटा पूर्ति हुने गरी राजस्व संकलन गरेको छ। साउन र भदौमा बाढी तथा डुबानका कारण मालबाहक सवारीसाधन सञ्चालनमा बाधा पुग्दा लक्ष्यभन्दा कम संकलन भए पनि समग्रमा वर्षभरीमा भने लक्ष्यभन्दा बढी असुली गर्न सकिएको विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले बताए।

साउनमा दुई अर्ब १८ करोड ७१ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सारले एक अर्ब ७० करोड ६९ लाख ६९ हजार रुपैयाँ मात्रै संकलन गर्न सक्यो। भदौमा दुई अर्ब ४९ करोड ९५ लाख ९० हजार रुपैयाँको लक्ष्य लिए पनि एक अर्ब ८७ करोड, ७८ लाख ४३ हजार रुपैयाँ मात्रै राजस्व असुली भएको भन्सारले जनाएको छ।

प्रमुख अधिकारीकाअनुसार असोजमा दुई अर्ब १८ करोड ७१ लाख ४१ हजार रुपैयाँको लक्ष्य लिइएकोमा लक्ष्यभन्दा बढी दुई अर्ब ५२ करोड ६३ लाख ५१ हजार रुपैयाँ संकलन भएको छ। कात्तिकमा दुई अर्ब ४९ करोड ९५ लाख ९० हजार रुपैयाँको लक्ष्यमा दुई अर्ब ७० करोड १८ लाख चार हजार रुपैयाँ संकलन भएको छ।

मंसिरमा दुई अर्ब ४९ करोड ९५ लाख ९० हजार रुपैयाँको लक्ष्य लिएकोमा दुई अर्ब ५० करोड ९५ लाख ८२ हजार रुपैयाँ संकलन भएको जानकारी अधिकारीले दिए। उनका अनुसार पुसमा दुई अर्ब ४९ करोड ९५ लाख ९० हजार रुपैयाँ असुलीको लक्ष्य लिएकोमा दुई अर्ब ५१ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ।

भन्सारले साउनदेखि पुससम्म ६ महिनामा १३ अर्ब ८३ करोड ५३ लाख ४५ हजार रुपैयाँ मात्रै संकलन गरेको थियो। माघमा दुई अर्ब ४९ करोड ९५ लाख ९० हजारको लक्ष्यमा दुई अर्ब ६८ करोड एक लाख ४६ हजार रुपैयाँ राजस्व संकलन भएको छ। फागुनमा दुई अर्ब ८१ करोड २० लाख ४० हजार रुपैयाँ असुलीको लक्ष्य लिएकोमा दुई अर्ब ८२ करोड ३६ लाख १७ हजार रुपैयाँ संकलन भएको छ। अधिकारीले चैतमा दुई अर्ब ८१ करोड २० लाख ४० हजारको लक्ष्यमा तीन अर्ब ८५ लाख ६५ हजार रुपैयाँ असुली भएको बताए।

यस्तै वैशाखमा दुई अर्ब ८१ करोड २० लाख ४० हजार लक्ष्य लिइएकोमा दुई अर्ब ९९ करोड ७१ लाख सात हजार रुपैयाँ राजस्व संकलन भएको छ। जेठमा दुई अर्ब ८१ करोड २० लाख ४० हजारको लक्ष्यमा तीन अर्ब ६६ करोड ९७ लाख ९७ हजार रुपैयाँ राजस्व उठेको प्रमुख अधिकारीले बताए। असारमा तीन अर्ब १२ करोड ४४ लाख ८९ हजार असुलीको लक्ष्यमा तीन अर्ब ७९ करोड ७२ लाख आठ हजार रुपैयाँ संकलन भएको उनको भनाइ छ।

अधिकारीका अनुसार साउन र भदौमा बाढी एवं भेलका कारण विभिन्न ठाउँमा सामान आयात निर्यात गरिँदै आएका पुल तथा सडकमा क्षति पुगेर ढुवानीका साधन सञ्चालन हुन नसकेपछि भन्सारले दुई महिना राजस्व असुलीमा घाटा व्यहोर्नु परेको थियो। पछिल्ला महिनामा आयात निर्यातलाई व्यवस्थित गरेर काम गरिएको उनले जानकारी दिए।

भारतको मिरगन्ज पुल धसिएर मर्मतसम्भार समयमा हुन नसक्दा पनि सामान आयातमा समस्या हुँदा रिरुट गरेर ल्याउनुपर्ने अवस्था आएको थियो। उक्त पुलका कारण सामान आयात र निर्यातमा समस्या भएपछि सुनसरीको भीमनगर नाकाबाट रिरुट गर्नु परेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.