धादिङमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
![धादिङमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते](https://annapurnapost.prixacdn.net/media/albums/bus-accident_20180722082749_NGVYmSaB3n.jpg)
धादिङवेशी : धादिङको कालुपाण्डेमार्गअन्तर्गत सिद्धलेक गाउँपालिका-६ परेवाटारमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ९२ प ८११० नम्बरको मोटरसाइकल र मलेखुबाट धादिङबेशीतर्फ आउँदै गरेको बा २ क ८९९६ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी घाइते भएका अन्दाजी २५ वर्षीय सुजत भण्डारीको उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ज्वालामुखी गाउँपालिका-४ का अन्दाजी २६ वर्षीय अर्जुन पोखरेल र आठ वर्षीय अभिषेक भण्डारीलाई गजुरी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये अभिषेक भण्डारीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)