धादिङमा सवारी दुर्घटना : दुईको मृत्यु, दुई घाइते

धादिङमा सवारी दुर्घटना : दुईको मृत्यु, दुई घाइते

धादिङ : धादिङका दुई छुटछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।  कालु पाण्डे मार्गको धादिङवेशी मलेखु सडकखण्ड अन्तर्गत सिद्धलेक गाउँपालिका ६ परेवाटारमा बस र मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको हो भने दुईजना घाइते भएका हुन्।

धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ९२ प ८११० नम्बरको मोटरसाइकल र मलेखुबाट धादिङबेशीतर्फ आउँदै गरेको बा २ क ८९९६ नम्बरको बसमा एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो। 

दुर्घटनामा परी घाइते भएका अन्दाजी २५ वर्षीय सुजत भण्डारीको उपचारको लागि काठमाडौं लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका ज्वालामुखी गाउँपालिका ४ का अन्दाजी २६ वर्षीय अर्जुन पोखरेल र ८ वर्षीय अभिषेक भण्डारीको भने गजुरी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये ८ वर्षीय अभिषेक भण्डारीको अवस्था गम्भीर रहेको छ।   

त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका ८ मा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मलेखुबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६ ख ५१७५ नम्बरको ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको घटनास्थलमा नै मृत्यु भएको हो। 

मृत्यु हुनेमा मकावानपुर जिल्ला थाहा नगरपालिका बस्ने अन्दाजी ९ वर्षीय रन्जित तामाङ रहेका छन्। ट्रक र चालकलाई ईलाका प्रहरी कार्यलय खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ।

  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.