पाकिस्तानमा चुनावी अभियानमा हिडेका उम्मेदवारको हत्या

पाकिस्तानमा चुनावी अभियानमा हिडेका उम्मेदवारको हत्या

इस्लामावाद : पाकिस्तानमा आसन्न निर्वाचनका उम्मेदवारको आइतबार हत्या भएको छ ।मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा भएका हिंसाका घटना बढ्दै गएका छन् । आइतबार भएको घटनामा एक उम्मेदवारसहित दुईजनाको मृत्यु भएको र अरू केही घाइते भएको प्रहरी अधिकारीले बताएका छन् । स्थानीय एक प्रहरी अधिकारी मन्जुर अफ्रिदीले दिएको जानकारीअनुसार गान्दापुरका लागि पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)का उम्मेदवार इक्रामुल्लाह खान र उनका चालकको मृत्यु भएको हो।

आत्मघाती हमलाबाट घाइते भएका दुवैजनालाई अस्पतालमा पुर्‍याएर उपचार गराइरहेको भए पनि उपचार सफल नभएपछि निधन भएको घोषणा गरिएको थियो । आक्रमणकारीले गान्दापुरमा चुनावी कार्यक्रममा सहभागी भएका व्यक्तिहरूलाई लक्षित गरी आत्मघाती बम हमला गरेको अफ्रिदीले जानकारी दिए । प्रहरीले घटना भएको क्षेत्रमा १३ जना प्रहरीलाई खटाएको भए पनि उनीहरूले प्रहरीलाई खबर नगरी आफ्नै सुरले हिँडेकाले घटना भएको प्रहरी अधिकारीको भनाइ छ ।

प्रहरीले यस्ता अप्रिय घटना हुनसक्ने चेतावनी पहिले नै दिएको भए पनि उनीहरूले बेवास्ता गरेको बताइएको छ । आइतबार भएको घटनाका बारेमा अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । पाकिस्तानमा बुधवार निर्वाचन हुँदै छ । त्यहीअनुसार निर्वाचन प्रचारप्रसार कार्यक्रम तीव्र भइरहेको छ । प्रचारप्रसारको तीव्रतासँगै पाकिस्तानमा यस पटकको निर्वाचनका लागि आयोजित कार्यक्रममा भएका आक्रमणमा कम्तीमा १७० जनाको मृत्यु भएको छ भने २ सयभन्दा बढी घाइते भएका छन् ।

लागुऔषध कारोबारी नेतालाई आजन्म कारावास

पाकिस्तानका एक नेतालाई लागुऔषधको कारोबारमा संलग्न रहेको आरोपमा अदालतले आजन्म काराबासको सजाय सुनाएको छ । उनी पाकिस्तानको सत्तारुढ दल पाकिस्तान नेसनल मुस्लिम लिग (पीएनएम–एन)का नेता तथा वर्तमान सांसद हुन् । पीएनएम–एन पूर्वप्रधानमन्त्री नवाज शरीफको दल हो ।

 सांसद हनिफ अब्बासीमाथि लागुऔषध प्रयोग गरेको अभियोगमा मुद्दा थियो । उक्त मुद्दामा भएको अन्तिम सुनुवाइमा शनिबार यस्तो आदेश भएको हो । उनी आगामी बुधबार पाकिस्तानमा हुन लागेको आमनिर्वाचनमा पनि सांसदको उम्मेदवार रहेका थिए । मुद्दाको अन्तिम किनारा नलागिसकेकाले निर्वाचन आयोगले उनको उम्मेदवारी स्वीकार गरेको थियो । उनको आफ्नो औषधि कम्पनीले यस्तो लागुऔषध उत्पादन गरेर बजारमा बेच्ने गरेको लागुऔषध नियन्त्रण विभागले पत्ता लगाएको थियो ।

 लामो समयको अनुसन्धानपछि उनी दोषी रहेको पत्ता लागेको हो । पाकिस्तानमा जारी कानुनमा लागुऔषधको कारोबार गर्नेलाई मृत्युदण्डसम्मको सजाय दिने गरिन्छ । उनलाई भने आजन्म कारावासको सजाय दिइएको छ । उनीमाथि सन् २०१२ मा मुद्दा लगाइएको थियो । 

उनी पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफका निकट सहयोगी हुन् । निर्वाचनको तीन दिनअघि उनलाई अनायासै यो कारावासको सजाय तोकिएको छ । यो फैसलाले पनि नवाज शरीफको दललाई राजनीतिक रूपमा ठूलो घाटा पुगेको अधिकारीले जनाएका छन् । उनलाई यो फैसला सुनाइएपछि अदालतभित्र उपस्थित उनका समर्थकहरूले अदालतले राजनीतिक रूपमा प्रेरित भएर यो फैसला गरेको आरोप लगाउँदै अदालतविरुद्ध नाराबाजी गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.