अन्नपूर्ण कर्पोरेट इन्टरनेशनल ब्याडमिन्टन, १६ तस्बिरमा
काठमाडौं : अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पाँचाै संस्करण सुरू भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबार खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्यापटेन रामेश्वर थापाले प्रतियोगिताको उदघाटन गरेका हुन्।
प्रतियोगितामा कुल दुई सय ८५ खेल हुनेछ। प्रतियोगितामा विदेशी र देशभरबाट छनोट भएका चार सय २२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता साउन १२ गतेसम्म सञ्चालन हुनेछ ।