करेन्ट लागेर २ जनाको मृत्यु, १ गम्भीर घाइते

करेन्ट लागेर २ जनाको मृत्यु, १ गम्भीर घाइते

मलंगवा: करेन्ट लागेर सर्लाहीको हरिपूर्वामा सोमवार २ जनाको ज्यान गएको छ । यो घटनामा १ जना गम्भीर घाइते भएकी छिन् । हरिपूर्वा नगरपालिका–९, वसन्तपुरको बगेबा गाउँ निवासी ३६ वर्षीय नरेन्द्र चौधरी र १४ वर्षीया सुनिता खत्वे मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

स्थानीय २० वर्षीया फूलोदेवी महतो गम्भीर घाइते भएकी छिन् । घाइते महतोको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिएका छन् ।

दिउँसो सबा साढे ३ बजे घरको स्वीच अन गर्ने क्रममा उनीहरुलाई करेन्ट लागेको स्थानीयले बताएका छन् । ११ हजार भोल्टेजको हाइटेन्सन लाइनको तार खसेर घरमा वितरण गर्ने २४० भोल्टेजको तारमा छोएका कारण हाई भोल्टेज आउँदा स्वीच अन गर्दा उनीहरुलाई करेन्ट लागेको बताइएको छ ।

प्रहरीले भने विस्तृतमा अनुसन्धान भइरहेकाले घटना के कसरी भयो भन्ने अहिले नै एकिन गर्न नसकिने जनाएको छ । विद्युत प्राधिकरणका कर्मचारी र स्थानीयसँग बुभ्mने काम भइरहेको प्रहरी निरीक्षक महतले जानकारी दिए । स्थानीय बासिन्दाका अनुसार उक्त क्षेत्रमा बिहानैदेखि विद्युत प्राधिकरणको मर्मत संभार गरिरहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.