गाउँपालिकामा खादा, माला र अबिर निषेध

गाउँपालिकामा खादा, माला र अबिर निषेध

पोखरा: जब कार्यक्रम सुरु भयो, अतिथिहरुलाई ब्याच वितरण गरिएन, खादा लगाइएन । वक्ताहरुले मञ्चमा आसिनजति सबैलाई सम्बोधन गरेनन् । पुरस्कृत र सम्मानितहरुलाई खादा र अबिर लगाइएन । अतिथि र सम्मानितहरुको गलामा गाउँकै सयपत्री फूलको माला मात्रै सजियो । 

अक्सर यस्ता दृश्य दुर्लभ हुन्छन्, तर कास्कीको मादी गाउँपालिकामा भने अब सधै यस्तै हुनेछ । न अतिथिहरुको अनुहार खादैखादा लगाएर छोपिनेछ, न गाउँमा फूल भएन भने पनि बजारबाट किनेर लगेर लगाइने छ न त अबिरले अनुहार पोतिनेछ । गाउँपालिकाले त्यस्तो नगर्ने भनेर कानुनै बनाएको छ । 

सामाजिक सुधार तथा सर्च मितव्ययितासम्बन्धी कार्यविधि नाममा गाउँपालिकाले कानुन बनाएको हो । बजेट सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममै उक्त कार्यविधि लागू गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले सुनाए । स्थानीय चाडपर्व, उत्सव, महोत्सव लगायत विभिन्न समूहमा केन्द्रित भई गरिने सामाजिक क्रियाकलापमा फजुल खर्च र अनावश्यक तडकभडक नगर्न यस्तो कार्यविधि बनाइएको उनले बताए । 

गाउँपालिकाले यो आर्थिक वर्षका लागि हालै पारित बजेट सार्वजनिक समारोहमा गाउँपालिकाका वडालाई जग्गादान गरेका, कृषि, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा उल्लेख्य योगदान गरेका र मादी जन्मभूमि भएर उत्कृष्ट कार्य गरेकाहरुलाई सम्मानित ग¥यो । सम्मानपत्र र माला त प्रदान ग¥यो, तर अबिर दलेन । 

उक्त कार्यक्रमका मुख्य अतिथि प्रतिनिधि सभा सांसद खगराज अधिकारी र प्रदेश सांसद मनबहादुर गुरुङलाई मायाको चिनोस्वरुप गाउँकै जंगलतिर उम्रिएको सिस्नोबाट गाउँमै बुनेको भांग्रा उपहार दियो । भांग्रा गुरुङ जातिको पोसाक हो । 

‘स्थानीय उत्पादनलाई प्रोत्साहन आजैबाट सुरु गरेका छौं’, गाउँपालिका अध्यक्ष बेदबहादुरले भने । उनकै भनाइमा कार्यक्रमका अतिथिलाई लगाइएको माला गाउँपालिकाकै वडा नम्बर २ ताङतिङमा आमा समूहले उत्पादन गरेको फूलबाट बुनिएको हो । 

अध्यक्ष गुरुङले गाउँपालिकाले बनाएको कार्यविधि निजी क्षेत्र र गैरसरकारी संस्थाले पनि पालना गर्नुपर्ने बताए । लम्बेतान भाषण नगर्ने थिति बसाउन उक्त कार्यविधिमा भनिएको छ, ‘एउटै क्षेत्र र पक्षका एक वक्ताले मात्र, अर्को वक्ताको कुरा नदोहोर्याइ आफ्नो भनाइ राख्नुपर्नेछ, भाषण र वक्तव्य सकेसम्म लिखित वाचन गर्ने र छोटो र शिष्ट भाषमा हुनुपनुपर्नेछ ।’ 

अक्सर निर्धारित समयमा कार्यक्रम सुरु नहुने र नसकिने पनि नेपाली समाजमा झ्यांगिएको अर्काे रोग हो । त्यसलाई पनि मादी गाउँपालिकाको कार्यविधिले सम्बोधन गरेको  छ । ‘निर्धारित समयमानै कार्यक्रम सुरु गरी अन्त्य गर्नुपर्ने छ’, कार्यविधिमा भनिएको छ ।  

चिया, खाजा, खाँदा प्रयोग हुने गिलास तथा प्लेटहरु वातावरण मैत्री हुनुपर्ने र कार्यक्रम सकेपछि सबै फोहोर मैलाको व्यवस्थापन गरी सरसफाइ आयोजकले गर्नुपर्ने पनि कार्यविधिमा उल्लेख छ ।  दुना टपरी लगायत विभिन्न स्थानीय सामग्री पुवा, उन, आदिबाट बनेका मौलिकता झल्कने उपहार र खादा फूलको माला उत्पादन गर्न प्रोत्साहित गर्ने नीति गाउँपालिकाले लिएको छ । 

कार्यविधि पालना भए नभएको अनुगमन सुपरिवेक्षणमा जोड दिने गाउँपालिका अध्यक्ष गुरुङले सुनाए । ‘कार्यविधिमा उल्लेखित नियमको उल्लंघन गरे सम्बन्धित, व्यक्ति, संस्था, पदाधिकारीलाई कारबाही गर्न सकिनेछ’, उनले भने, ‘लिखित स्पष्टीकरण माग गर्र्ने, सचेत गराउने, गाउँपालिका, वडाबाट प्रदान गर्ने सबै सेवा रोक्का गर्ने र कार्यपालिकाको निर्णयअनुसारको कारबाही गरिनेछ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.