सशस्त्र प्रहरीका खेलाडीलार्इ खेल सामाग्री

सशस्त्र प्रहरीका खेलाडीलार्इ खेल सामाग्री

काठमाडौँ : आदर्श समाज बिकास केन्द्रले सशस्त्र प्रहरीका खेलाडीका लागि विभिन्न सामाग्री प्रदान गरेको छ । भारतमा हुने चौथो कराँते प्रतियोगिताको तयारीका लागि सामाग्री उपलब्ध गराइएको हो । 

केन्द्रले शनिबार सशस्त्र प्रहरी कार्यालय हलचोमा एक कार्यक्रम गरी संस्थाका उपध्यक्ष गीता सिम्खडा र सचिव प्रविण कुलङ राईले संयुक्तरुपमा खेलकुद सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

सामग्री हस्तान्तर गर्दै विकास केन्द्र उपाध्यक्ष सिम्खडाले खेलकुद क्षेत्रले नेपाली नागरिकलाई एउटै धागोमा बाँध्ने काम गर्दै आएको बताउँदै खेल क्षेत्रको विकासमा थोरै भए पनि सहयोग पुगोस् भनेर सामग्री उपलब्ध गराएको बताइन् । 

उनले भारतमा हुने प्रतियोगिताको तयारीमा डटेर लाग्न खेलाडीलाई आग्रह गर्दै खेलाडीलाई अग्रिम शुभकामना समेत दिइन् । सामग्री ग्रहण गर्दै सशस्त्रका प्रहरी निरीक्षक अमित मल्लले सहयोगप्रति आदर्श समाज विकास केन्द्रको यो सहयोग खेलाडीहरुका लागि महत्वपूर्ण हुने भन्दै सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.