निराजन र रुकेश दोस्रो चरण्मा

निराजन र रुकेश दोस्रो चरण्मा

काठमाडौं : विभागीय टोली एपिएफ क्लबका निराजन देवकोटा र त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फ दोस्रो चरणमा प्रवेश गरेका छन् ।

निराजनले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबका पूर्ण बहादुर पाथालाई हराए । दिनको पहिलो प्रतिस्पर्धात्मक खेलम निराजनले पूर्णलाई २१-१०, १७-२१, २१-१७ ले पराजित गरे । रुकेशले बंगलादेशका मइनुल पर्भेजमाथि २१-१३, २१-१४ को सेटमा सहज जित निकाले ।

पुरुष एकलतर्फकै अन्य खेलमा विदेशी खेलाडीविरुद्ध जित हात पार्दै नेपालका बैकुण्ठ श्रेष्ठ र अखिल श्रेष्ठ पनि दोस्रो चरणमा पुगे । बैकुण्ठले बंगलादेशका प्रभाल हसन तालुक्दारलाई २१-१६, १३-२१, २१-१० को सेटमा हराए । एपास इन्टरनेसनलका अखिलले भारतका ऐहसान कबीर अलीविरुद्ध २१-१८, २१-१७ को सेटमा जित निकाले । पुरुष एकलतर्फ भारतका राजदीप शर्माले पनि विजयी सुरुवात गरे । उनले क्षेत्र नम्बर चारका विवेक विसीलाई २३-२१, २१-१४ को सेटमा हराए ।

यसैगरी महिला एकलतर्फ प्रदेश नम्बर चारकी प्रजिता गुरुङ र प्रदेश नम्बर ६ की पुष्पा साही बिपक्षी खेलाडीबाट वाक ओभर पाए । प्रजिताले प्रदेश नम्बर सातकी बिमला ओझा तथा पुष्पाले प्रदेश नम्बर सातकी मियोन तामाङबाट वाक ओभर पाएका हुन् । सोही स्पर्धामा प्रदेश नम्बर पाँचकी समिक्षा न्यौपाने र सुष्मा श्रेष्ठ तथा पाकिस्तानकी सम्जाद महुर भने आआफ्नो खेलमा जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । समिक्षाले प्रदेश नम्बर दुईकी स्मृति राईलाई २१-६, २१-७, सुष्माले प्रदेश नम्बर दुईको चित्र हरीत्वालालाई २१-११, २१-९ तथा सम्जादले प्रदेश नम्बर ६ की सेस्ना श्रीपालीलाई २१-५, २१-२ को सेटमा हराए ।

समिक्षाले यू-१९ महिला एकलतर्फ पनि विजयी सुरुवात गरेकी छिन् । समिक्षाले महिला एकलतर्फ बाई पाएकी प्रदेश नम्बर चारकी प्रजिता गुरुङलाई २१-१३, २१-१० ले पराजित गरीन् । यस्तै यू-१९ महिला एकलतर्फ प्रदेश नम्बर चारकी आक्रिती केसी, प्रदेश नम्बर ६ की अग्रिमा भन्डारी र एसबीआई बैंककी सम्भावी पलकले पनि आफ्नो पहिलो खेलमा जित हात पारे ।

यू-१९ को पुरुष एकलतर्फ बिनायक लाल श्रेष्ठ र सविन तामाङले दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन् । बिनायकले विपक्षी खेलाडी एसबीआई बैंकका सम्भारी पलकबाट वाल्क ओभर पाए भने सबिनले हेमाङ हाङ लिम्बूलाई २१-९, २१-३ ले हराए ।

पुरुष युगल

पुरुष युगलतर्फ बंगलादेशका प्रवल हसन तालुक्दार र मोहम्मद सलमान खानको जाडीले विजयी सुरुवात गरेका छन् । हसन र सलमानको जोडीले नेपालका लाइफ फार्माका बिनोद पौडेल तथा प्रदेश नम्बर पाँचका विवन थापाको जोडीलाई २१-१६, २१-१२, २१-१६ को सेटमा पराजित गर्‍यो । भारतका शुभ देय र राजदीप शर्मा, नेपालका गणेश रायमाझी र विश्वास नेपाल तथा प्रदेश नम्बर चारका बिशाल बस्नेत र विधान अधिकारीको जोडीले पनि प्रतियोगितामा सुखद् सुरुवात गरेका छन् ।

भारतका शुभ र राजदीपको जोडीले नेपालको प्रदेश नम्बर दुईका सुनिल परियार र सन्तोस कटुवालको जोडीलाई २१-१६, २१-१२, गणेश र विश्वासको जोडीले प्रदेश नम्बर पाँचका सरोज अन्सारी र शिभ तहपको जोडीलाई २१-१६, २१-९ तथा बिशाल र बिधानको जोडीले प्रदेश नम्बर सातका केशव भट्ट र सुरेश बमको जोडीलाई २१-१२, २१-१३ को सेटमा हराए ।

पुरुष एकल कर्पोरेट

कर्पोरेटतर्फको पुरुष एकलमा रमेश आचार्य, बाल मुकुन्द ढुंगाना, मनोज मानन्धर र हरीकुमार शर्माले आफ्नो पहिलो खेलमै वाल्क ओभर पाएर दोस्रो चरणमा पुगेका छन् । रमेशले अनुजराज पौडेल, बाल मुकुन्द ढुंगानाले पेम्बा लामा तामाङ, मनोजले बिशाल सापकोटा र हरीकुमारले सुकन्त अधिकारीबाट वाक ओभर पाएका हुन् । सुरेन्द्र कार्की र प्रकाश थापा भने आआफ्नो खेलमा जित हात पार्दै दोस्रो चरणमा पुगेका छन् । सुरेन्द्रले कृष्ण ध्वज खड्कालाई १९-२१, २१-११, २१-७ र प्रकाशले विरेन्द्रसिंह बिष्टलाई २१-१९, २१-९ को सेटमा हराए ।

पुरुष युगल एक्जुकेटिभ

पुरुष युगल एक्जुकेटिभतर्फ तीन खेलाडीले वाक ओभर पाएका छन् । कुमारी बैंकका निरज राई र बिक्रम निरौला, श्री उपकारका सञ्जय त्रीपाटी र निराजन कडेँल तथा बिस्टर फिडका गोपाल टन्डन र प्रदेश नम्बर पाँचका जिवन थापाको जोडीले आफ्नो पहिलो खेलमा बाई पाउँदै दोस्रो चरणमा पुगे । निरज र बिक्रमको जोडीले एनएसीका जेबी चन्द र जी भट्ट, सञ्जय र निरञ्जनको जोडीले नेबिल बैंकका छबी जोशी र राम सिंह चौधरी तथा गोपाल र जिवनको जोडीले आरबीबीका देभेन्द्र खनाल र टेकराज जोशीको जोडीबाट वाक ओभर पाएका हुन् ।

सिल्क किचेनका शम्भु भट्टराई र गणेश रायमाझी, महालक्ष्मी पेन्ट्सका राजन गोले र सुरेश कार्की तथा बाबा पल्ट्रीका भानु भक्त खत्री र राजु गुरुङको जोडी आआफ्नो खेलमा जित हात पार्दै दोस्रो चरणमा पुगेका छन् । शम्भु र गणेशको जोडीले आरबीबीका उद्धव प्रसाद खनाल र राजेन्द्र प्रशाद दाहालको जोडीलाई २१-५, २१-८, राजन र सुरेशको जोडीले लाइफ फर्माका बिनोद पौडेल र किरण बिष्टको जोडीलाई २१-१७, २१-१६ तथा भानु र राजुको जोडीले अन्नपूर्ण राइसका सुरज महर्जन र दीनेश महर्जनको जोडीलाई २१-१४, २६-२८, २४-२२ को सेटमा पराजित गरे । नेपाल टेलिकमका हरी कुमार शर्मा र सुरेन्द्र कार्कीको जोडी पनि चन्दन स्टोरका राजमान महर्जन र चन्दन महर्जनको जोडीमाथी २१-११, २१-१० को सोझो सेटमा जित हात पार्दै पदोस्रो चरणमा पुगे ।

पुरुष युगल कर्पोरेट

यसैगरी कर्पोरेटतर्फ पुरुष युगलमा ६ जोडीले वाक ओभर पाएका छन् । सडक बिभागका बाशुदेव घिमिरे र मुकुन्द अधिकारी, नेपाल राष्ट्र बैंकका रेशम बहादुर बलचौडी र दीलाराम सुबेदी, अरुण द्वा र केशव आचार्य, हिमालयन बैंकका अमृत मल्ल र सिद्धार्थ शर्मा, एसबी संघका बिष्णु बम्जन र हरी बहादुर रोक्का तथा नबिल बैंकका सन्तोष जोन्चेन र पूर्ण लोप्चन आफ्नो पहिलो खेलमै बाई पाउँदै दोस्रो चरणमा पुगेका हुन् ।

नेपाल टेलिकमका हरी कुमार शर्मा र राजेन्द्र श्रेष्ठ, बुटवल पावरका सुदीप बुढाथोकी र खगेन्द्र रेगामी, मञ्जु श्रीका सुरेन्द्र कटुवाल र सुर्ब खत्री तथा हिमालका कमल कुमार चौधरी र कृष्ण खड्काको जोडी भने आफ्नो खेलमा जित हात पार्दै प्रतियोगिताको दोस्रो चरणमा पुगेका छन् ।

निम्बुसका पञ्कोज शर्मा र राजन सिग्देल, लामा कन्सट्रक्सनका लाक्पा तेन्जिङ तामाङ र पञ्च तामाङ, नेपाल एनआरबीका बिशेन महर्जन र सिंगमान महर्जन, एनआरबीकै पदमराज जोशी र पदम बहादुर मि श्र तथा महालक्ष्मी पेन्ट्सका उज्वल शाक्य र शान्त डंगोलको जोडी पनि कर्पोरेटको पुरुष युगलतर्फ आफ्नो पहिलो खेलमा जित हात पार्दै दोस्रो चरणमा पुगेका छन् ।

यसैगरी आइपीपीका आदर्श बिष्ट र सुबास उलाक, बिस्टर फिडका गोपाल टन्डन र श्री भैरवका प्रकाश थापा, यूई डटकमका हरी श्रेष्ठ र हरी ओम गुप्ता तथा एनसेलका रञ्जन शर्मा र सुकन्ता अधिकारी पनि प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । सोही स्पर्धामा बी एन्ड बीका शीभ नाथ पान्डे र बल मुकुन्द ढुङ्गेल, जलेवाका रुद्रबहादुर थिङ र एपेस इन्टरनेशनलका अखिल श्रेष्ठ, आईपीपीका अरुण बलामी र सुमन पोखरेल, क्यानका बिक्रमराज गौतम र नरेन्द्रबहादुर गौतम तथा आकर्षणका सुक्र पाख्रिन र मिलन थापा पनि दोस्रो चरणमा पुगेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.