एलिना र सन्दीप बने रनअवे मोडल

एलिना र सन्दीप बने रनअवे मोडल

भक्तपुर : भक्तपुरका एलिना भुजू र सन्दीप थापा मिस एन्ड मिस्टर फेसन रनअवे मोडल बनेका छन्। भक्तपुरको सूर्यविनायकस्थित राफेल इन्स्टिच्युट अफ फेसन एन्ड आर्टस् (रिफा)द्वारा आयोजित फेसन रनअवे मोडल्स २०१८ को उपाधि एलिना र सन्दीपले जितेका हुन्।

विजेताद्वयले एभरेस्ट फिल्म एकेडेमीबाट एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति, पोखरास्थित होटल पिनाकिनीमा तीन दिन र दुई रातको बसाइसँगै अन्य धेरै गिफ्ट ह्याम्पर जितेका छन्।

सयजना युवकयुवतीबीच भएको उक्त स्पर्धामा एलिना उत्कृष्ट १९ र १२ हुँदै उपाधि जित्न सफल भएकी हुन् भने सन्दीपले उत्कृष्ट आठ र पाँच हुँदै उपाधि हात पारेका हुन्। विजेता एलिना व्यक्तिगत विधातर्फ बेस्ट वल्कसमेत घोषित भएकी थिइन्। त्यस्तै सन्दीपले बेस्ट फोटोजेनिकको उपाधिसमेत हात पारे।

उक्त स्पर्धामा युवतीतर्फ पूर्णिमा महर्जन फस्ट रनरअप र प्रियंका मानन्धर सेकेन्ड रनरअप घोषित भए। त्यस्तै युवातर्फ बिजेश जोशी फस्ट रनरअप र सञ्जीव चौधरी सेकेन्ड रनरअप बन्न सफल भए।

व्यक्तिगत विधामा मोस्ट पब्लिक च्वाइसमा युवतीतर्फ सचिना श्रेष्ठ र युवातर्फ हुकुमराज मगर घोषित भए। हुकुमराजले बेस्ट वल्कको अर्को व्यक्तिगत उपाधिसमेत जिते। मोस्ट इन्टेलिजेन्टको उपाधि युवतीतर्फ निशा बराइली र युवातर्फ मन्दीप राईले जिते। नबस्रिना वासु बेस्ट फोटोजेनिक घोषित भइन्।

करिब चालीस दिनको क्लोज क्याम्पपछि ग्रान्ड फिनालेका लागि युवतीतर्फ १९ र युवातर्फ आठ मोडल छनोट भएको रिफाका निर्देशक एलेक्स वासुकलाले जानकारी दिए।

उनका अनुसार ग्रान्ड फिनालेका चार चरणमध्ये तीन चरणबाट युवतीतर्फ उत्कृष्ट १२ र युवातर्फ उत्कृष्ट पाँच मोडल छानिएको थियो। यसरी छानिएका मोडललाई अन्तिम चरणमा प्रश्नोत्तर चरणबाट विजेता, फस्ट र सेकेन्ड रनरअप घोषित गरिएको थियो।

रोजन श्रेष्ठको कोरियोग्राफी रहेको फेसन रनअवे मोडल्सका निर्णायकमा फेसन डिजाइनर रसना श्रेष्ठ, कोरियोग्राफर एवं मोडल शनिस शाक्य र मोडल फोटोग्राफरद्वय अभिषेकराज मास्के र सिलु जैन रहेका थिए।

प्रतियोगी मोडलहरूको लुगाको डिजाइन भने रिफाका निर्देशक वासुकला र रिफाका विद्यार्थीले गरेका थिए। त्यस्तै मोडलहरूको शृंगार रायन राय, पूजा श्रेष्ठ, नवीना गुरुङ, उर्मिला ज्याख्व, रेश्मा दुवाल, जापना राय र ज्योति खड्काले गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.