कांग्रेसको अवराेधपछि राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौं : राष्ट्रिय सभाको बैठक भोली(बुधबार)सम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेताहरुले विशेष समय मागेर आफूले बोल्न पाउनुपर्ने माग गर्दै सदनमा उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो
बैठकको प्रारम्भमै सत्ता पक्षका सांसदले बोल्न माग गरेपछि अध्यक्षले सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टरार्इलार्इ बोल्न समय दिएका थिए । सांसद भट्टरार्इले बोल्न उभिएलगत्तै कांग्रेसका सांसदले आफूहरुले बोल्न पाउनुपर्ने माग गर्दै विरोध जनाएका थिए ।
कार्यव्यवस्था समितिमा भएको सहमति अनुसार प्रतिपक्षीलार्इ बोल्न समय दिने सहमति अनुसार प्रतिपक्षलार्इ बोल्न दिनुपर्ने माग राख्दैं कांग्रेसकातर्फबाट प्रमुख सचेतक सरिता प्रसाइँले नियमापत्ती जनाएकी थिइन् । भट्टरार्इले बोलिरहँदा कांग्रेस सांसदले टेबल ठटाएर विरोध जनाएका थिए ।