बंगलादेशमा नेपाली लोकनृत्य

बंगलादेशमा नेपाली लोकनृत्य

काठमाडौं : नेपाली राजदूतावास ढाकाले बंगलादेशमा आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा नेपाल र बंगलादेशका विभिन्न लोकनृत्य प्रस्तुत भएका छन्।

कार्यक्रममा नेपालको तर्फबाट कलाकारद्वय सुमन सागरजंग के.सी. र सुशीला थापाले नेपाली मौलिक संस्कृति झल्किने कुमारी, टप्पा, भोजपुरी, झयाउरे एवं कौरा नृत्य प्रस्तुत गरेका छन् ।

बंगलादेशको तर्फबाट तनुश्री माझी गोर्खा, अमिलुन असरफ, कमरुल हसन फिर्दोस, सुस्मिता वाकसले रविन्द्र संगित, मनिपुरी लोकनृत्य प्रस्तुत गरिन्।

कार्यक्रममा सहभागी भएर नेपाल फर्केका कलाकार सुमन सागरजंग के.सी.ले दिएको जानकारी अनुसार कार्यक्रमको उद्घाटन बंगलादेशका लागी नेपाली राजदुत प्रा. डा. चोपलाल भुसालले गरेका थिए । नियोग उपप्रमुख धनबहादुर ओलीले सहभागीलाई स्वागत गरेको कार्यक्रममा नेपाल र बंगलादेशको मौलिक कला र संस्कृति झल्कने विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।

डा. अरुण शाही, डा. प्रसुन बली र रस्मिता आचार्यले सहजीकरण गरेको कार्यक्रममा ढाकास्थित कूटनितिक नियोगका प्रमुख, बंगलादेशका सांसद, विभिन्न मन्त्रालयका उच्च पदस्थ कर्मचारी, व्यवसायी, विभिन्न विश्वविद्यालयका प्राध्यापक, बंगलादेशमा रहेका नेपाली समुदाय, नेपाली विद्यार्थी, स्थानीय कलाकार एवं सञ्चारकर्मी सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.