विवादास्पद भनाइपछि कानुन मन्त्री तामाङले दिए राजीनामा

विवादास्पद भनाइपछि कानुन मन्त्री तामाङले दिए राजीनामा

काठमाडौँः बंगलादेशमा डाक्टर पढ्ने चेलीहरुबारे विवादस्पद अभिव्यक्तिपछि कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् ।

बंगलादेशमा पढ्ने नेपाली विद्यार्थीहरूबारे आपत्तिजनक अभिव्यक्तिका कारण आलोचित भएका मन्त्री तामाङलाई सोमबार बेलुका बसेको नेकपा सचिवालय बैठकले पद त्याग्न निर्देशन दिएको थियो। त्यही निर्देशन अनुसार तामाङले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मंगलबार रुँदै राजीनामा दिएका हुन् । 

सचिवालय बैठकको निर्देशनअनुसार तामाङले दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी उनले पद त्याग गरेका हुन् । मन्त्री तामाङले बंलादेशमा डाक्टर पढ्न गएका नेपाली युवतीहरुबारे आफूले गरेको विवादास्पद टिप्पणीप्रति माफी मागिसकेका छन्। 

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले जीवनभर महिलाकै पक्षमा संघर्ष गरेको बताउँदै तर बंगलादेशमा अन्यायमा परेका नेपाली चेलीबारे बोल्दा केही शब्दका कारण परेको चोटप्रति माफी माग्दै उनले पद त्यागेका हुन् ।

मन्त्री तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको समृद्धितर्फको यात्रालाई सफल बनाउन पनि आफूले नैतिकताका आधारमा पदमा बसिरहन उचित नठानेकाले राजीनामा दिएको बताए । तामाङले राजीनामा पत्र आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने भएका छन् । 

तामाङले आफ्नो छोटो कार्यकालमा १६ वटा भन्दा धेरै कानुन बनिसकेको बताउँदै यो अवसरका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिए । तामाङले अदालतदेखि सरकारी निकायमा भइरहेको वैदेशिक लगानी एकद्वार प्रणालीबाट ल्याउन आफूले गरेको पहलका कारण केही पक्षले षड्यन्त्र गरेको पनि उल्लेख गरे । तर उनले षड्यन्त्र गर्ने पक्षको विवरण भने खुलाएनन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.