अब नागरिकता लिनेहरु स्वत: मतदाता

अब नागरिकता लिनेहरु स्वत: मतदाता

काठमाडौंः जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता लिनेहरु अब मतदाता नामावलीमा स्वत: सूचीकृत हुन थालेका छन् । निर्वाचन आयोगले ०७५ वैशाख २ देखि सुरू गरेको नामावली संकलन कार्यक्रममा ज्यादै न्यून मतदाताको सहभागिता भएपछि साउनदेखि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनेहरूलाई अनिवार्य मतदाता नामावलीमा नाम सूचीकृत गर्नुपर्ने व्यवस्था मिलाएको हो ।

निर्वाचन आयोगको बैठकले असार ३२ गते बसेको बैठकले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनेलाई नयाँ मतदाता नामावलीमा नाम सूचीकृत गर्ने व्यवस्था गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयलाई परिपत्र गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता दिपक सुवेदीले साउन १ गतेदेखि यो व्यवस्था अनुरुप मतदाता नामावलीमा नाम सूचीकृत गर्ने कार्य भइरहेको बताए ।

‘मतदाता नामावली संकलन कार्यक्रम प्रभावकारी र सफल बनाउन यस्तो व्यवस्था गरिएको हो’, प्रवक्ता सुवेदीले अन्नपूर्णसँग भने । निर्वाचन आयोगले ०७५ वैशाखदेखि २ देखि अर्काे निर्वाचनको मिति घोषणा नहुँदासम्म हरेक वर्ष मतदाता नामावली संकलन गर्ने नियमित कार्यक्रम अन्तर्गत मतदाता नामावली संकलन कार्यक्रमलाई अगाडि बढाएको हो ।

सबै क्षेत्रीय र जिल्ला निर्वाचन कार्यालयहरूमा मतदाता नामावली संकलन गर्ने तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक (नामावली अन्यत्र सार्न) विवरण सच्याउन र नामावलीबाट नाम हटाउनका लागि निर्धारित अनुसूची बमोजिम निवेदन लिई अद्यावधिक गर्ने लागि सम्बन्धित जिल्लास्थित क्षेत्रीय र जिल्ला निर्वाचन कार्यालयबाट व्यवस्था मिलाएको छ । आफू रहेकै ठाउँमा रहेको निर्वाचन कार्यालयबाट जोकोहीले मतदाता नामावली सूचिकृत गर्न सक्ने सुविधा भएपनि यसमा चासो र सहभागिता नदेखिएपछि आयोगले यस्तो व्यवस्था गरेको हो ।

जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा टोली नै खटाएको छ । गत वर्ष सम्पन्न तीन तहको निर्वाचन समिक्षा अन्तर्गत यही असार पहिलो हप्ता विभिन्न प्रदेशमा भएको छलफलमा नै मतदाता नामावली संकलन कार्यक्रममा ज्यादै न्यून सहभागिता भएको पाइएको भन्दै गम्भीर चासो प्रकट गरेको थियो ।

‘अधिकांश जिल्लामा दिनमा एउटा र कही पाँच जनासम्मको नाम सूचिकृत भएको र जिल्ला प्रशासनबाट नागरिकता लिने भने दैनिक २० देखि ४० जना सम्म रहेको पाइयो । नागरिकता लिनेहरुलाई जिल्ला निर्वाचन कार्यालयमा गएर नाम सूचीकृत गराउँदा नामवली संकलन कार्यक्रम प्रभावकारी हुने देखेर यस्तो व्यवस्था गरिएको हो’, प्रवक्ता सुवेदीले अन्नपूर्णसँग भने ।

आयोगका आयुक्त नरेन्द्र दाहालले नागरिकता लिने सबैलाई मतदाता नामावलीमा सूर्चिकृत बनाउने र मतदाताको संख्या वृद्धि गर्न यस्तो व्यवस्था गरिएको बताए । ‘नागरिकता लिने र मतदाता नामावली सूर्चिकत गराउने काम एउटै ठाउँमा भएपछि अब सबैलाई सहज पनि हुनेछ । मतदाताको संख्या पनि बढ्ने हामीले अपेक्षा गरेका छौं ।’ दाहालले अन्नपूर्णसँग भने ।

२१ हजार मतदाता थपिए

निर्वाचन आयोगले सुरू गरेको मतदाता नामावली संकलन कार्यक्रम अन्तर्गत तीन महिनाको अवधिमा २१ हजार मतदाता थपिएका छन् । आयोगका प्रवक्ता दिपक सुवेदीले वैशाख, जेठ र असार तीन महिनाको अवधिमा २१ हजार मतदाता थपिएको जानकारी दिए ।

आयोगले १८ बर्ष उमेर पुगेका, तर मतदाता नभएकाहरुलाई मतदाता नामावलीमा समावेश गर्नका लागि नामावली संकलन कार्य अगाडि बढाएको हो, तर आयोगले ७७ वटै जिल्लाबाट मतदाताको नाम संकलन गरेपनि तीन महिनाको अवधिमा निकै थोरै मात्रै मतदाताले नाम सूचिकृत भएका हुन् । 

आवश्यक सूचनाको अभाव तथा निर्वाचनको मिति घोषणा भएपछि मात्रै नामावली संकलन गर्ने परिपार्टीले सुर्चिकृत मतदाताको संख्या निकै थोरै भएको आयोगको भनाइ छ ।

हालै सम्पन्न तीन तहको स्थानिय तहको निर्वाचनमा १ करोड ४० लाख ७२ हजार ४१९ जना मतदाता थिए । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा भएपछि आयोगले मतदाता नामावली संकलन गरेको थियो । सो अवधिमा १३ लाख ७० हजार २ सय ४९ जना नयाँ मतदाता थपिएका थिए । गत बर्ष सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशको निर्वाचनमा जम्मा १ करोड ५४ लाख ४२ हजार ६६८ मतदाता कायम थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.