जर्मनीमा नेपाली साहित्य उत्सव
काठमाडौं : गैर आवासीय नेपाली संघ, जर्मनी र क्षेत्रीय परिषद् एलसिसी हेसनको संयुक्त आयोजनामा जर्मनीमा ‘प्रवासमा नेपाली साहित्य उत्सव २०१८’ को आयोजना गरिएको छ ।
कार्यक्रममा उत्कृष्ट सातवटा कबिता वाचन गरिएका थिए । जसमध्ये मनोजबाबु पनेरुको ‘बुबालाई चिट्ठी’ नामक रचना सर्वोत्कृष्ट भएको थियो । कार्यक्रममा सहभागी लेखक कविहरु कला पन्त, रविन लामिछाने, उमेश खड्का, शान्ति तुलाधर लगायतले पनि सिर्जना सुनाएका थिए ।
कार्यक्रममा नेदरल्याण्डबाट हरि पौडेल र आरके सुवेदीका साथै एनआरएनए जर्मनीका पूर्व र वर्तमान कमिटीका पदाधिकारीसहभागी भएका थिए ।
संघको यो पहिलो प्रयास भएको जानकारी दिँदै कार्यक्रममा यस्तो उत्सव वर्षेनी गर्दै जाने जानकारी दिइएको नेपालबाट सहभागी हुन पुगेका डा. समीरले अन्नपूर्णलाई जानकारी दिए ।