फुक्ला त गाँठो ? केसीपक्ष र सरकारबीच चौथो वार्ता सिंहदरबारमा

फुक्ला त गाँठो ? केसीपक्ष र सरकारबीच चौथो वार्ता सिंहदरबारमा

काठमाडौँ: पच्चीस दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको मागबारेमा मंगलबार चौथो चरणको वार्ता हुने भएको छ । करिब पाँच दिन लामो तनावपछि केसी पक्ष सरकारको पुरानै टोलीसँग वार्ता गर्न तयार भएको हो । यसअघि केसीले कर्मचारीसँग वार्ता गर्दै नगर्ने अडान लिएका थिए । 

आज साँझ साढे ५ बजे दुवै पक्षबी चौथो चरणको वार्ता शिक्षा मन्त्रालयमा हुन लागेको केसी पक्षका वार्ता टोलीका सदस्य डा. अभिषेक सिंहले दिएका छन् । स्रोतका अनुसार सरकारको तर्फबाट शिक्षा मन्त्रालयका सचिव खगराज बराल नेतृत्वको पुरानै वार्ता टोली नयाँ म्यान्डेटसहित वार्तामा बस्न लागेको हो । 

डा. केसीको तर्फबाट वार्ता टोलीको संयोजन डा. जीवन क्षेत्रीले गर्दैछन् । स्रोतका अनुसार नेकपाका नेता सुबास नेम्वाङसँगको अनौपचारिक वार्तापछि औपचारिक वार्ताको वातावरण बनेको हो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको उपस्थितमा प्रधानमन्त्री निवास बालुटावारमा केसीको अनशनबारे छलफल भएको थियो । त्यस छलफलले केसीको मागलाई निकास दिन सकारात्मक पहल थाल्ने निचोड निकालेको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.