मौसम बिग्रेपछि चाइना इस्टर्न एयरको जहाज आकाशमै फनफनी

मौसम बिग्रेपछि चाइना इस्टर्न एयरको जहाज आकाशमै फनफनी

काठमाडौँः त्रिभुवन विमानस्थलमा अवतरणका लागि आएको जहाज मौसम बिग्रेपछि आकाशमै होल्ड भएको छ । चीनको कुङमिङबाट काठमाडौँका लागि आएको चाइना इस्र्टन एयरलाइन्सको जहाज विमानस्थलको मौसम बिग्रेपछि आकाशमा फन्को लगाएर कोलकाता पुगेको हो । 

दिउँसो ३ बजेर १५ मिनेटमा अवतरण हुनुपर्ने चाइना इस्टर्न एयरलाइन्सको जहाज वीरगञ्जको आकाशमा ६ फन्को लगाएपछि कोलकाता पुगेको हो । त्यहाँ पनि अवतरण हुन पालो नपाउँदा यो जहाजले अहिले कोलकाताको आकाशमाथि पनि फन्को लगाइरहेको छ । 

एमयु ७५७ को यो जहाज कोलकाताको जहाजमा फन्को लगाउँदै अहिले अवतरणको प्रतीक्षमा छ । त्यसै त्रिभुवन विमानस्थलमा अवतरणका लागि विराटनगरबाट आएका बुद्ध र यति एयरका जहाज पनि आकाशमै होल्ड भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार पानी परेर भिजिबिलिटी २ हजार मिटर भन्दा तल झर्दा जहाज आकाशमै होल्ड र डाइभर्ट गर्नुपरेको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.