दुई एक्साभेटरमा आगजनी

दुई एक्साभेटरमा आगजनी

नुवाकोट : नुवाकोटको वेलकोटगढीमा दुई वटा एक्साभेटरमा आगजनी भएको छ। आगजनीबाट एक्साभेटर ध्वस्त हुँदा दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ। 

सदरमुकाम विदुरदेखि २० किलोमिटर पुर्वमा रहेको  बेलकोटगढी नगरपालिका ९ स्थित हल्चेखोला नजिक बेलकोटमा नागार्जुन कन्स्ट्रक्सन कम्पनीले सडक निर्माणको काममा प्रयोग गरिरहेको दुई एक्साभेटरमा सोमबार मध्यरातमा आगजनी हुँदा करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक वसन्तवहादुर कुंवरका अनुसार मध्यरातमा ३-४ जनाको समूहमा आएका व्यक्तिले डुसान र कोमात्सु कम्पनीका दुई एक्साभेटरमा आगजनी गरेका थिए।

प्रहरीले विप्लव माओवादीका कार्यकर्ताले आगजनी गरेको जनाएको छ। आगजनीको घटनाको सूचना प्राप्त भएलगत्तै तादी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली खटिएको टोलीले कोमात्सु कम्पनीको एक्साभेटर पूर्ण रुपमा र डुसान कम्पनीको एक्साभेटरसमेत जलेको स्थितिमा भेटिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार आगो लगाउने व्यक्तिको खोजी भइराखेको छ। डोसान कम्पनीको डोजरमा लागेको आगो भने स्थानीयको प्रयासबाट  चाँडै निभाउन सकिएका कारण धेरै क्षति हुन नपाएको जनाइएको छ।

विप्लव माओवादी नुवाकोटका जनसत्ता प्रमुख सन्तोष सिलवाल विन्तोषले घटना गराउने आफ्नो दलको योजना नरहेको बताएका छन्। सिलवालले आफ्नो दलको वदनाम गराउन कसैले नाम जोडेको हुनसक्ने र आफूहरुले घटनालाई गम्भीर रुपमा लिएको बताए।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.