अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टनमा विभागीय खेलाडीको दबदबा

अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टनमा विभागीय खेलाडीको दबदबा

काठमाडौँ: एपिएफ क्लबका दीपेश धामी र ज्येष्ठ ब्याडमिन्टनका सुनिल जोशी अन्नपूर्ण पोस्ट अन्तर्राष्टिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेका छन् । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) कभर्डहल कोर्टमा आज भएको खेलमा दीपेशले प्रदेश नं ५ का निरञ्जन चौधरीलाई २१-१०, २१-७ को सोझो सेटमा हराए । अर्को खेलमा सुनिलले पनि प्रदेश ५ कै शिव थापालाई २१-७, २१-६ को सेटमा स्तब्ध बनाए । 

सोही स्पर्धाको अर्को खेलमा नेपाल पुलिस क्लबका जीवन आचार्यले भारतका उदयबहादुर भट्टाचार्यलाई २१-६, २१-९ को सेटमा हराए । बैकुण्ठ श्रेष्ठले प्रदेश ४ का भूगोल गुरुङसँग वाकओभर पाए । पुलिसका दीपक बोहोराले प्रदेश ६ का जीतप्रसाद लामिछानेलाई २१-११, २१-८ ले हराए । 

अन्य खेलमा भारतका शुभ डेले प्रदेश १ का प्रनिशसिंह ठकुरीलाई २१-१६, २१-१९, एपिएफका विजित थापामगरले बाँकेका सरोज अन्सारीलाई २१-१४, २१-१७, बंगलादेशका महमद सलमान खानले भारतका राजदीप शर्मालाई २१-१५, २१-११ र एपिएफका निरञ्जन देवकोटाले प्रदेश १ का सुजन श्रेष्ठलाई १३-२१, २१-१८, २३-२१ को सेटमा हराउँदै तेस्रो चरणमा पुगे । 

यसैगरी, सोही स्पर्धाको अर्को खेलमा त्रिभुवन आर्मी क्लबका प्रफुल मर्हजनले प्रदेश ७ का जेवी साउदसँग वाकओभर पाए । आर्मीकै रुकेश मर्हजनले एमआइबिसीका नीरविक्रम देवकोटालाई २१-१८, २१-११, भारतका शेख महमद रहिमले एपिएफका सुदीप सेढाईंलाई २१-१६, २१-१८, नेपालका प्रिन्स दाहालले एपेक इन्टरनेशनलका अकिल श्रेष्ठलाई २१-९, २१-१५, आर्मीका प्रवीन लिङथेपले प्रदेश ७ का देवराज रानालाई २१-१९, २१-१८ तथा पुलिसका विष्णु कटुवालले प्रदेश २ का रामकुमार श्रेष्ठसँग वाकओभर पाउँदै तेस्रो चरणमा स्थान बनाए । 

पुरुष एक्जुकेटिभ एकल 

यसैगरी, एपेक इन्टरनेशनलका अकिल श्रेष्ठ र कुमारी बैंकका विक्रम निरौल पुरुष एक्जुकेटिभतर्फ तेस्रो चरणका प्रवेश गरेका छन् । अकिलले नेपाल मेगा बैंकमा खेम भट्टलाई २१-१०, २१-१३ र विक्रमले लाइफ फर्माका किरण विष्टलाई २१-१२, २१-१३ को सेटमा हराए । 

सोही स्पर्धाको अन्य खेलमा केआरएसका राम बानियाँले नेपाल राष्ट्र बैंकका नारायणप्रसाद पौडेललाई २१-४, २१-६, आरएस अन्ट्रक्सनका रजिन खड्काले हिमालयन बैंकका सुरजनबहादुर सिंहलाई २१-९, २१-२, राष्ट्र बैंकका बमबहादुर मिश्रले सेन्चुरी बैंकका रञ्जन खड्कालाई २१-१७, २१-१५, जेष्ठ सेभिङका सुजन थापाले एनएसीका नवीन मगरसँग वाकओभर पाए । 

अर्को खेलमा जेष्ठ सेभिङकै सुनिल जोशीले सेन्ट जेभियरका सुनिल रत्न बराईलाई २१-९, २१-८, लाइफ फर्माका विनोद पौडेलले जेष्ठका मधुसूदन पाठकलाई २१-१७, २१-१४, नेपाल एसबिआई बैंकका नवराज जोशीले अल्कीका केशवराज गिरीलाई २१-६, २१-९ र एनएसीका प्रशन ओलीले नविलका छविकुमार जोशीलाई २१-१७, २७-२५ ले हराउँदै तेस्रो चरणमा पुगे । 

छात्र यू-१९ एकल 

यसैगरी, छात्र यू-१९ एकलतर्फ आर्मीका प्रफुल महर्जन नेपालका मोहन गुरुङलाई २१-४, २१-८ र प्रदेश ६ का नगेन्द्र बम ठकुरीले जेष्ठका अभियान कस्यपलाई २१-१९, २१-१९ले हराउँदै तेस्रो चरणमा पुगेका छन् । अर्को खेलमा प्रदेश १ का प्रनिश सिंह ठकुरीले बाँकेका संगम पुनलाई २१-१५, २१-१६ ले हराए । 

सोही स्पर्धामा प्रदेश ७ का अमृत चौधरीले जेष्ठका प्रियान्सु क्षेत्रीलाई २१-१५, २१-१९ ले हराउँदै तेस्रो चरणमा पुगेका छन् । 

आर्मीका प्रवीन लिङथेपले नेपालका सञ्जीव भण्डारीलाई २१-१३, २१-१६, अन्नपूर्ण राइसका दिप्रिश बज्राचार्यले प्रदेश ४ का सलिन पौवीलाई २१-१३, १५-२१, २३-२१, जेष्ठका सुनिल जोशीले प्रदेश १ का सत्यम सुब्बालाई २१-६, २१-९ र नेपालका सविन तामाङले सिजिबिसी टिमोरका प्रतीक अर्याललाई १७-२१, २१-१७, २१-१५ ले हराए । 

सोही स्पर्धाको अन्य खेलमा टंकेश्वरका विनायकलाल श्रेष्ठले नख्खीपोटका आशीष राईलाई २१-१९, २१-१०, प्रदेश ४ का विधान अधिकारीले प्रदेश ७ का देवराज रानालाई २१-१३, २१-१५, धादिङका आयुश श्रेष्ठले प्रदेश २ का धिरज शाहलाई २२-२०, १३-२१, २३-२१ तथा आर्मीका रुकेश महर्जनले प्रदेश ५ का सफल थापालाई २१-१५, २१-११ पराजित गरे । 

त्यस्तै, प्रदेश ६ का निरञ्जन चौधरीले प्रदेश २ का कौशिकराज गिरीलाई २१-७, १७-२१, २१-१६, प्रदेश ५ का शिव थापाले काठमाडौँका युवेश धौवडेललाई २१-७, २१-५, आर्मीका दिवस शंकरले जेष्ठका पेम्बा शेर्पालाई १९-२१, २१-१६, २१-१८ तथा नेपालका प्रिन्स दाहालले रिसव पौडेललाई २१-५, २१-१० को सेटमा हराए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.