फिफा वर्ष अवार्डका लागि १० उत्कृष्टमा को-को परे ?
एजेन्सी : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०१८ का लागि फुटबलको उत्कृष्ट वर्ष खेलाडी र उत्कृष्ट वर्ष प्रशिक्षकको अवार्डका लागि उत्कृष्ट १० को मनोनयन सूची सार्वजनिक गरेको छ ।
मंगलबार फिफाले पुरुष खेलाडी, महिला खेलाडी र पुरुष टोलीका प्रशिक्षक र महिला टोलीका प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । सेप्टेम्बर २४ मा लण्डनमा एक समारोहको आयोजना गरी दिइने उपाधिका लागि अन्तिम उत्कृष्ट ३ जनाको नाम सेप्टेम्बरको सुरुमा सार्वजनिक गरिने फिफाले जनाएको छ।
फिफा वर्ष खेलाडीको चयन फिफामा आवद्ध राष्ट्रका राष्ट्रिय टोलीका कप्तान, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक, फुटबल समर्थक र फिाका सदस्य राष्ट्र पत्रकारहरुले दिने मतका आधारमा गरिन्छ । त्यसका लागि भोटिङ खुल्ला भइसको फिफाले जानकारी दिएको छ ।
पुरुष तर्फ स्टार खेलाडी मेसी, रोनाल्डो पनि १० उत्कृष्ट मनोनयनमा परेका छन् । सबैभन्दा बढी २०१८ को विश्व विजेता फ्रान्सबाट ३ जना मनोनय परेका छन् । बेल्जियमबाट २ जना परेका छन् । ब्राजिलियन स्टार नेमार, उरुग्वेका स्टार सुवारेज भने सूचीमा अटाएका छैनन्
यी हुन पुरुषतर्फ वर्ष खेलाडी अवार्डका लागि मनोनय भएका १० उत्कृष्ट खेलाडी
क्रिस्टियानो रोनाल्डो : पोर्चुगल/युभेन्टस
लियोनल मेसी : अर्जेन्टिना/बार्सिलोना
एन्टोनियो ग्रिजम्यान : फ्रान्स/एथ्लेटिको मड्रिड
केभिन डे ब्रुएन : बेल्जियम/म्यान्चेस्टर सिटी
हेरी केन : इङ्ल्याण्ड/टोटनह्याम
केलियन एम्बापे : फ्रान्स/पीएसजी
इडेन हजार्ड : बेल्जियम/चेल्सी
लुका मोड्रिक : क्रोएसिया/रियल मड्रिड
मोहमद सलाह : इजिप्ट/लिभरपुल
राफेल भराने : फ्रान्स/रियल मड्रिड