बंगलादेशका सलमानसँग हारे भारतका राजदीप

बंगलादेशका सलमानसँग हारे भारतका राजदीप

काठमाडौं : एपीएफ क्लबका दीपेश धामी र जेष्ट ब्याडमिन्टन क्लबका सुनिल जोशी अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल स्पर्धाको तेस्रो चरणमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलदकुद परिषद्को कभर्डहलमा मंगलबार भएको खेलमा दीपेशले प्रदेश ५ का निरञ्जन चौधरीलाई २१-१०, २१-७ को सोझो सेटमा हराए । अर्को खेलमा सुनिलले पनि प्रदेश ५ कै शिव थापालाई २१-७, २१-६ को सेटमा स्तब्ध बनाए ।

सोही स्पर्धाको अर्को खेलमा नेपाल पुलिस क्लबका जीवन आचार्यले भारतका उदयबहादुर भट्टाचार्यलाई २१-६, २१-९ को सेटमा हराए । बैकुण्ठ श्रेष्ठले भने प्रदेश ४ का भूगोल गुरुङसँग वाकओभर पाए । पुलिसका दीपक बोहोराले प्रदेश ६ का जितप्रसाद लामिछानेलाई २१-११, २१-८ अंकले पाखा लगाए । अर्को खेलमा भारतका शुभ डेले प्रदेश १ का प्रनिशसिंह ठकुरीलाई २१-१६, २१-१९ अंकले पराजित गरे ।

सोही स्पर्धाको अन्य खेलमा एपीएफ क्लबका विजित थापामगरले बाँकेका सरोज अन्सारीलाई २१-१४, २१-१७, बंगलादेशका महमद सलमान खानले भारतका राजदीप शर्मालाई २१-१५, २१-११ र एपीएफका निरञ्जन देवकोटाले प्रदेश १ का सुजन श्रेष्ठलाई १३-२१, २१-१८, २३-२१ को सेटमा हराउँदै तेस्रो चरणमा स्थान पक्का गरे ।

त्रिभुवन आर्मी क्लबका प्रफुल्ल महर्जनले भने प्रदेश ७ का जेबी साउदसँग वाकओभर पाए ।

अन्य खेलमा आर्मीका रुकेश महर्जनले एमआईबीसीका नीरविक्रम देवकोटालाई २१-१८, २१-११, भारतका सेख महमद रहिमले एपीएफका सुदीप सेढाईलाई २१-१६, २१-१८, नेपालका प्रिन्स दाहालले एपेक इन्टरनेसनलका अकिल श्रेष्ठलाई २१-९, २१-१५ र आर्मीका प्रविन लिङ्थेपले प्रदेश ७ का देवराज रानालाई २१-१९, २१-१८ ले पराजित गरे । पुलिस क्लबका विष्णु कटुवालले भने प्रदेश २ का रामकुमार श्रेष्ठसँग वाकओभर पाउँदै तेस्रो चरणमा स्थान पक्का गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.