आरक्षण माग गर्दै प्रदर्शन, महाराष्ट्र तनावपूर्ण

आरक्षण माग गर्दै प्रदर्शन, महाराष्ट्र तनावपूर्ण

औरंगाबाद : आरक्षणको माग गर्दै महाराष्ट्रमा मंगलबार प्रदर्शन र विभिन्न झडप भएका छन् ।यसबाट महाराष्ट्रका कैयौं जिल्ला प्रभावित भएका छन् । प्रदर्शनकारीले बस, ट्रक लगायतका सार्वजनिक गाडीमा आगजनी गरेका छन् भने ठाउँ ठाउँमा चक्का जाम गरिएको छ । हाल औरंगाबादमा इन्टरनेट सेवामा रोक लगाइएको छ ।

मराठा मोर्चाका सदस्यले औरंगाबाद-पुणे हाइवे बन्द गरेका छन् । आरक्षणको माग शुरु भएसँगै सोमवार काका साहेब शिन्धे नामक युवकले नदीमा हाम फालेर आत्महत्या गरेपछि स्थिति तनावग्रस्त बनेको छ । ती युवकको अन्तिम संस्कारमा पुगेका शिवसेनाका तर्फबाट निर्वाचित सांसद चन्द्रकान्त खैरेलाई आन्दोलनकारीले लखेटेका छन् ।

मंगलवार पनि औरंगावादमा दुई युवकले आत्महत्याको प्रयास गरेका थिए । आन्दोलनकारी मुण्डन गरेर आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण लातूर र बीड जिल्ला पूरै ठप्प भएका छन् । मंगलवार सबै शिक्षण संस्था बन्द भएका छन् । औरंगाबादमा काका साहेब शिन्धेले जल समाधि लिएपछि आन्दोलन चर्किएको हो । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले युवकको मृत्यु दुर्भाग्यपूर्ण भएको बताउँदै हिंसात्मक आन्दोलन नगर्न आह्वान गरेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति स्वरूप १० लाख भारतीय रुपैयाँ र भाइलाई रोजगार दिने प्रशासनले प्रतिबद्धता व्यक्त गरेको छ ।

महाराष्ट्रका मुख्यमन्त्री फडणवीसले मुम्बई उच्च अदालतले अनुमति दिए १६ प्रतिशत पदमा मराठीलाई आरक्षणको सुविधा दिइने बताउँदै आएका छन् । मुख्यमन्त्रीको निर्णय अदालतले अस्वीकार गरेको थियो । हाल महाराष्ट्रमा ७२ हजार पदका लागि उम्मेदवारी खुल्दै छ । ती पदमा मराठी युवालाई आरक्षण नदिइए आन्दोलन नरोक्ने र आत्महत्या गर्ने उनीहरूले चेतावनी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.