अघि बढ्यो विशालद्वयको जोडी
काठमाडौं : अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एक्जुकेटिभ डबल्सतर्फ मंगलबार भएको खेलमा प्रदेश ४ का विशाल बस्नेत र कामना सेवाका विशाल खड्काको जोडीले सफलता हात पारेको छ । उक्त जोडीले नेपाल राष्ट्र बैंकका भुवन खड्का र ऋषिकेश भट्टको जोडीलाई २१-५, २१-१० अंकले हरायो । अर्को खेलमा प्रदेश ७ का राजेन्द्र बम र शैलेन्द्रकुमार श्रेष्ठको जोडीले कुमारी बैंकका निरज राई र विक्रम निरौलाको जोडीलाई २१-१६, २१-१६ अंकले हराउँदै अघिल्लो चरणमा स्थान पक्का ग¥यो ।
सोही स्पर्धाको अन्य खेलमा हिमालका सुरज तण्डुकार र विजेन्द्रलाल श्रेष्ठको जोडीले महालक्ष्मी पेन्टका पूर्णबहादुर चित्रकार र सुगतरत्त शाक्यको जोडीलाई १८-२१, २१-१६, २१-१७, स्लिक किचनका शम्भु भट्टराई र गणेश रायमाझीको जोडीले वाइडवेका राजुकुमार भुजू र पुष्पराज तम्राकारको जोडीलाई २१-१७, २१-१८, राइजिङ सनका विश्वास नेपाल र पंकज ज्ञवालीको जोडीले यातायातका महेश्वर नेपाल र प्रकाश थापाको जोडीलाई २१-१८, २१-१५ तथा एसबीआईका अनिलकुमार महर्जन र नवराज जोशीको जोडीले महालक्ष्मी पेन्टका राजन गोले र सुरेश कार्कीको जोडीलाई २१-१७, २१-११ ले हराए ।
यसैगरी जेष्ठका सुनिल जोशी र ओडीसीका रमन बानियाँको जोडीले जय गोर्खाका सञ्जय श्रेष्ठ र दीपक रानाको जोडीलाई २१-१८, २१-११, बानेश्वर फिडका गोपाल टण्डन र प्रदेश ५ का जीवन थापाको जोडीले श्रीउपकारका सञ्जय त्रिपाठी र निरञ्जन कँडेलको जोडीलाई २१-१३, २१-१४ तथा केपीएसका रामकुमार बानियाँ र जेष्ठ सेभिङका सुजन थापाको जोडीले श्रीबागेश्वरीका विदुर कँडेल र चित्रबहादुर मगरको जोडीलाई २१-१२, २१-११ को सोझो सेटमा पाखा लगाए ।
यसैगरी मिलिजुलीका विमल भुजेल र दीपेन्द्रध्वज बस्नेतको जोडीले महालक्ष्मी पेन्टका सुमन महर्जन र अशोक श्रेष्ठको जोडीलाई २१-१४, ११-२१, २१-१९, आशीर्वादका राम राई र विमल श्रेष्ठको जोडीले एचएच क्राफ्टका नोर्बु लामा र प्रेमध्वज लामाको जोडीलाई २१-४, २१-१३, ईशा एन्ड इसिकाका आकाश छन्त्याल र अभिषेक गुरुङको जोडीले नेपाल टेलिकमका हरि शर्मा र सुरेन्द्र कार्कीको जोडीलाई २१-१८, २१-१२, स्पिड इनर्जीका नवीनबाबु श्रेष्ठ र श्याम पराजुलीको जोडीले पीएलओका विकास श्रेष्ठ र निरज गुरागाईंको जोडीलाई २२-२०, २१-९ ले हराए ।
सोही स्पर्धाको अर्को खेलमा अक्वाका रमेश बस्नेत र रोविनकुमार श्रेष्ठको जोडीले स्पिडका शम्भु श्रेष्ठ र निरज गुरागाईबाट वाकओभर पायो । आरएस कन्स्ट्रक्सनका रजिन खड्का र प्रदेश ४ का विवेक जीसीको जोडीले भने अनकका श्यामबहादुर महर्जन र नवीन महर्जनको जोडीलाई २१-११, २१-६ को सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनायो ।
यसैगरी पुरुष कर्पोरेट डबल्सतर्फ स्पिड इनर्जीका श्यामबहादुर पराजुली र वीरेन्द्रसिंह बस्नेतको जोडी नेपाल टेलिकमका हरि शर्मा र राजेन्द्र श्रेष्ठको जोडीलाई २१-८, २१-८ ले हराउँदै तेस्रो चरणमा पुग्यो । सोही स्पर्धामा नेपाल टेलिभिजनका सुदीप बुढाथोकी र बुटबल पावरका खगेन्द्र रेग्मीको जोडीले मञ्जु श्रीका सुरेन्द्र कटुवाल र ध्रुव खत्रीको जोडीलाई २१-१८, २१-१६ तथा महलक्ष्मी पेन्टका भुवन श्रेष्ठ र रदीप महर्जनको जोडीले हिमालका कमल चौधरी र कृष्णध्वज खड्काको जोडीलाई २१-१२, २१-४ ले हराउँदै तेस्रो चरणमा स्थान बनाए ।