यात्रामा बान्ता आउँछ ? त्यसोभए यस्तो उपाय अपनाउनुहोस्
काठमाडौं : कतिपयलाई यात्रा गर्दा गाडीमा टाउको दुख्ने, बान्ता हुने, वाकवाकी लाग्नेलगायत हुने गर्छ। केही उपाय अपनाए यात्रा गर्दाका यी समस्याबाट राहत पाउन सकिन्छ।
– यात्रा गर्नुअघि पेटभरि खानु हुँदैन। खाली पेट पनि यात्रा गर्नु हुन्न। चिल्लो, पिरो, मसला कम भएको खाना खानुपर्छ। यस्तो खाना पच्न समय लाग्छ। जसले गर्दा यात्रामा समस्या आउँछ।
– कारमा यात्रा गर्दा अगाडि सिटमा बस्दा ठीक हुन्छ।
– यात्रामा किताब पढ्ने वा मोबाइल चलाउने गर्नु हुन्न। यसो गर्दा रिंगटा र वाकवाकी लाग्न सक्छ।
– यात्रा गर्दा अदुवाको सानो टुक्रा मुखमा राखेर चुस्दा आराम महसुस हुन्छ। यसबाहेक अदुवा भएको चियाले पनि राहत दिन्छ।
– यात्रामा पुदिना पनि प्रयोग गर्न सकिन्छ। मिन्ट अइलको केही थोपा रुमालमा हालेर सुँघ्न सकिन्छ।