प्रदेश २ को सरकार विस्तार : तीन राज्यमन्त्री थपिए
जनकपुर : सरकार गठन भएको पाँच महिनापछि प्रदेश २ को सरकार विस्तार भएको छ । बुधबार मुख्यमन्त्री लालबाबु राउतले तीन राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तीन नेता सहभागी भएका छन् । राजपाका सह–महामन्त्री सुरेश मण्डल उद्योग तथा पर्यटन राज्यमन्त्री, डिम्पल झा भौतिक पूर्वाधार राज्यमन्त्री र अभिराम शर्मा सामाजिक विकास राज्यमन्त्री बनेका हुन् ।
जनकपुर चुरोट कारखानाको कर्बड हलमा सम्पन्न शपथ समारोहमा मुख्यमन्त्री राउतले नेपालीमा शपथको भाषा वाचन गरे पनि मण्डल र शर्माले मैथिली र झाले हिन्दीमा शपथ लिए ।