काभ्रेको पानीट्यांकीमा माइक्रोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काभ्रेको पानीट्यांकीमा माइक्रोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बनेपा :  बीपी राजमार्गमा बुधबार दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै एकजना घाइते भएका छन्। बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका- ९ पानीट्याङकीमा सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ५२१५  नम्बरको फोर्स माइक्रो बसले विपरित दिसाबाट आउँदै गरेको ज ११ प १२९७ नम्बरको मोटरसाइकल ठक्‍कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकल चालक धनुषा तारापट्टि बस्ने ३६ वर्षीय सत्यनारायण साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले जानकारी दिए। उनका अनुसार मोटरसाइकल पछाडि सवार सिराहा हक्पारा बस्ने २५ वर्षीय प्रदिपकुमार घाइते भएका छन्। उनको धुलिखेल अस्पतालमा उपचार भइरको छ । माइक्रो चालक सिन्धुली कमलामाई न.पा.५ बस्ने २९ वर्षीय रुद्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.