केसी समर्थक पक्राउ, स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी
काठमाडौं : प्रा. डा. गोविन्द केसीका सर्मथक चिकित्सक तथा विद्यार्थी पक्राउ परेपछि नेपाल चिकित्सक संघले आकस्मिकबाहेक सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएको छ । केही बेरमा पत्रकार सम्मेलन गरी आकस्मिकबाहेक सम्पूर्ण सेवा ठप्प पर्ने तयारी भएकाे संघका महासचिव लोचन कार्कीले जानकारी दिए ।
संघले पक्राउ गरिएका चिकित्सक तथा एमबिबिएसका विद्यार्थी रिहाईको माग गरेको छ । त्यस्तै अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि पहल थाल्न सरकारसँग माग गरिएको महासचिव कार्कीले जानकारी दिए ।
२७ दिनदेखि अनसनरत प्रा .डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीचको बुधबार भएको वार्ता असफल भएको थियो । आज पनि वार्ता बस्ने तयारी भएको छ । केसी समर्थक ६ जना चिकित्सक र केही विद्यार्थी पक्राउ परेका छन् ।