दीप–गोविन्द स्मृति कोषबाट तीन स्रष्टा सम्मानित

दीप–गोविन्द स्मृति कोषबाट तीन स्रष्टा सम्मानित

काठमाडौं  : उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाले ११ औं स्थापना दिवसको अवसरमा  तीन साहित्यकार तथा पत्रकारलाई सम्मान गरेको छ। वरिष्ठ आख्यानकार ध्रुवचन्द्र गौतमद्वारा स्थापित संरक्षित एवम् ‘दीप–गोविन्द स्मृति कोष’काबाट तीन स्रष्टाहरूलाई सम्मानित गरिएको हो। 

‘दीप–गोविन्द स्मृति सम्मान–२०७५’ वरिष्ठ साहित्यकार कृष्ण गौतमलाई प्रदान गरिएको छ  । यो सम्मान उहाँलाई नेपाली साहित्यका विविध रचना एवम् उत्कृष्ट समालोचना लेखनमा निरन्तर योगदान दिएबापत प्रदान गरिएको हो।  त्यसैगरी ‘ध च गोतामे स्मृति सम्मान–२०७५’ वरिष्ठ आख्यान ध्रुव सापकोटा प्रदान गरिएको छ। यो सम्मान उनलाई नेपाली आख्यानलेखनमा निरन्तर योगदान दिएबापत प्रदान गरिएको हो। 

त्यसैगरी ‘गोपाल गोतामे स्मृति सम्मान–२०७५’ चर्चित पत्रकार गुणराज लुइँटेललाई प्रदान गरिएको छ।  उनलाई नेपाली सिर्जनशील पत्रकारितामा निरन्तर योगदान दिएबापत लुईटेललाई उक्त पुरस्कार दिइएको हो।  कार्यक्रममा बुद्विजिवी निलाम्बर आचार्यले तीन स्रस्ष्टालाई सम्मान गरेका थिए।  सो अवसरमा बोल्दै आचार्यले देश बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए।

राजनीतिले मानिसका मन र भावनाहरु विभाजित गर्ने भएपनि साहित्यले जोड्ने र बदल्ने उनले बताए।  ‘दीप–गोविन्द स्मृति कोषका संरक्षक ध्र्रुवचन्द्र गौतमले पुस्कार कोष स्थपाना गर्दा धेरै कठिनाई भएको स्मरण गर्र्दै उपलब्धि सहकारीमार्फत सम्मान गर्न पाउँदा दिगो भएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.