यसरी तुहियो एक किलो सुन लुट्ने योजना

यसरी तुहियो एक किलो सुन लुट्ने योजना

काठमाडौं : नाताले ज्वाइँससुरा पर्ने दाङ बालमन्दिरका खड्गबहादुर सुनार र बचन सुनारको एक किलो सुन लुट्ने योजना तुहिएको छ। दाङ घोराही सुन चाँदी व्यवसायी संघका अध्यक्ष विनोद कुमार विश्वकर्माबाट लिएको १५ लाख रुपैयाँ हत्याउन सुनारद्वयले सुन लुटिएको नाटक गरेका थिए। 

सिद्धार्थ विकास बैंकको न्युरोड शाखाबाट ४८ लाख ३६ हजारमा खरिद गरेको सुनमा विश्वकर्माले १५ लाख रुपैयाँ लगानी गरेका थिए भने सुनारद्वले थप रकम लगानी गरेका थिए। 

न्यूरोडबाट सुन खरिद गरेपछि गोंगबुस्थित अमर ज्वलर्समा ‘सुन राखिदिनुस् । हामी होटलमा पुगेर झोला लिएर आउँछौं’ भन्दै सुनारद्वय होटल छिरे। होटलभित्र पुगेपछि बचनले ससुरा खड्गबहादुरलाई कोठाको चुकुल लगाएर चोरचोर भन्दै कराएका थिए। होटलका कर्मचारी र स्थानीयले के भयो भन्दै सोधेपछि बचनले ‘चार जना आएका थिए। घाँटीमा खुकुरी तेर्साएर एक किलो सुन, बैंकको चेक र पैसासहितको व्याग लगे’ भनेर बताएका थिए। 

घटनास्थलमा प्रहरी पुगेर सोधीखोजी गर्दा सुन लुटेरा फेलापरेनन्। महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगम कुँवरले अनुसन्धानका लागि सुनारद्वयकै फोनको लोकेशन हेरे । घटना भएको दिन मोबाईलको लोकेशन हेर्दा साँझ ६ बजेर ५० मिनेटमा एनटीसीको सीम राखेको मोबाईल गोंगबुमै स्वीच अफ भएको देखियो । 

एनसेलको सीम राखेको फोन भने ६ बजेर ४१ मिनेटमा स्वीचअफ भएको देखिन्छ। घटना भएको १० मिनेटको फरकमा लुटेरा गोंगबुबाट न्यूरोड पुग्न नसक्ने आँकलन गरेर प्रहरी सुनारद्वयप्रति नै सशंकित हुन थाल्यो। 

प्रहरीले गोंगबुमै रहेको सुन पसलमा सोधपुछ गर्न थाल्यो । सुन पहिल्यै सुनारद्वयले गोंगबुमै रहेको अमर ज्वेलर्समा राख्न दिएका थिए। प्रहरी पुगेपछि सुन पसलका सञ्चालकले सुन उनीहरु (सुनारद्वय) ले नै राख्न दिएकाले राखिदिएको भन्दै झिकेर प्रहरीलाई दिए। 

महाशाखाका डिएसपी कुँवरले भने,‘फोनको लोकेशन र उनीहरुले दिएको बयान बाझिएपछि थप केरकार गर्दा १५ लाख रुपैंया हत्याउन सुन लुटपाटको नाटक गरिएको निश्कर्षमा पुगियो। अहिले उनीहरुले स्वीकार गरिसकेका छन्।’ 

अचम्म त लुटिएको भनिएको फोन बिहीबार विहान ६ बजेर २७ मिनेटमा अन नै थियो। कुँवरका अनुसार सुन लुटिएको बहना बनाउन सुनारद्वयले झोला र फोन चीन जानकै लागि आफन्तलाई बुझाएर नाटक गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.